d

आजको राशिफल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आज १५ साउन २०७९, आइतवार
साउन शुक्ल तृतिया
खीर खाने दिन/वराह जयन्ती

काठमाडौं । आज १५ साउन २०७९, आइतबार । तद्नुसार जुलाई ३१ । 
आजको राशिफल


मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ। मिथुन राशिका जातकले आजको दिन मौन बस्नु ठीक होला। मित्रमण्डली र व्यापार व्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ। मौन रहेर काम गर्दा फाइदा हुन्छ। आवश्यकता भन्दा बढी नबोल्ने, आफ्नो नियमित काम मात्र गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज बिहान सूर्योदयको दर्शन गर्नहोला।


वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
अध्ययन अध्यापनमा रुचि र मनमा खुसी छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुची बढ्नसक्छ । आज यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । यात्रा गर्नुभन्दा पहिले दहीको सेवन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
 मनमा प्रसन्नता छाउने छ। धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ। शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय हुने देखिन्छ। आज बजारमा सामान खरिद गर्दा विचार गर्नुहोला। विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन अनुकल देखिदैन। धन प्राप्तिको योग बनेको छ। नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ। आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ। विगतमा तपाईप्रति राग राख्ने मित्रसमेत सम्मानका शब्द प्रयोग गर्नेछन्। आकस्मिक धनलाभ हुनेछ। आजको दिन गणेश मन्दिरको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आज तपाईले घर परिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला। लामो दुरीको यात्रा पनि नगर्दा बेस हुनेछ। स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ। तपाईले विश्वास गरेका मित्रबाट सहयोग मिल्नेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ। मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आज तपाईले केही कन्यालाई फलफूल उपहार दिनुभयो भने मनमा प्रशन्नता छाउनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
समय अनुकुल देखिएको छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आज बिहान सूर्योदयको दर्शन गरेर काम गर्दा दिन सफल हुनेछ । आर्थिक लाभ र मानसम्मान समेत प्राप्त हुनेछ योग रहेको छ । आकस्मिक धनलाभ हुनेछ । आफ्नो कर्मयात्रामा निरन्तर लाग्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
तपाईले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । गशेश मन्दिर यात्राले उर्जा थपिने छ । आजको दिन आफनो नियमित काम गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ। तपाईले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ। आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला। आकस्मिक समस्या र मनमा अशान्त छाउने छ। तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ। यदी व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग सौहार्दता बढ्नेछ। मंगलबार गणेश मन्दिरमा गएर लड्डु चढाएर घरका सदस्यहरु दिनुभयो भने सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार व्यवसायबाट नसोचेको फाइदा मिल्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । सिर्जनात्मक कार्यमा समय दिनुहोला।

Views: