d

अर्जुन दाहालको कविता- 'चित्कार'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

उसले कहिल्यै बोलेन
उ लाटो त थिएन
तर पनि उ बोल्दै बोलेन ।

उसले घरको भाँडा माझ्यो
कपडा धुयो
घर लिप पोत गर्यो
आँगन बढार्यो
तर उ घरको सदस्य कहिल्यै भएन ।

उसले खेत जोत्यो
आली ताछ्यो
बिउ रोप्यो
अन्न फलायो
तर उसले अन्न कहिल्यै पाएन ।

उसले घरको रेखदेख गर्यो
त्यसैले कुकुर देख्दा भौ गर्छ
बिरालो देख्दा म्याउँ गर्छ
हाँस देख्दा क्वाक गर्छ
कुखुरा देख्दा टिउ टिउ गर्छ 
गाई देख्दा बाँ गर्छ
भैंसी देख्दा आँई गर्छ
यिनै जनावर हुन
उसका साथीभाइ
हो सँग उ बोल्दछ
अनि घरका सदस्यले उसलाई 
मानिस सँग नबोल्ने अर्ध पागल ठहर्याएका छन।

उ हली हो
उ एक प्रथा हो
उ दासताको प्रतीक हो
उ समाजको शोषण हो
उ मानवताको चित्कार हो
हो कहिल्यै मानिस सँग नबोल्ने 
उ मानवताको चित्कार हो
त्यसैले आज उ भित्रको ईश्वर हँसिलो भएर बोल्दैछ
"वत्स ! शास्त्रले निर्धक्क बोलेको छ
म पनि सारा सृष्टिको हली हो "।

Views: