d

महोदयको बालन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

सायद सत्यनाराण या यस्तै कुनै धार्मिक पुस्तकमा
भएको कथामा लेखिएको थियो
कुनै समय महोदय नामका धनाढ्य व्यापारी थिए
जसले धार्मिक कर्म गरे
अर्थात हामी नेपालीले दैनिक जीवनमा 
अत्याधिक मात्रामा प्रयोग गरिने शब्द
महोदय एक व्यापारीको नाम थियो।
हामी पनि सम्मान गर्नु पर्दा
प्राय महोदय शब्द झुण्डयाउँछौँ ।

निवेदनमा महोदय बिना निवेदन पुरा नै हुँदैन
श्रीमान शब्द पछि
केही तल हामी महोदय लेखिहाल्दछौं 
अब प्रसङ्ग थोरै बदलौं।

कुर्सीमा बस्ने पनि कर्मले व्यापरिनै हुन
सेवा गरे वापत तलब बुझ्ने
व्यावसाय गर्ने त स्वतः नै महोदय भए
सम्मान टक्र्याउँदा सम्मान लिने पनि
सम्मानको उचित फल दिन व्यापारी सरह नै हुने गर्दछन 
त्यसैले उ भन्दछ
समाज महोदयले भरीभराउ छ
काम लाग्ने देखि काम नलाग्ने
सबै महोदय
काम लाग्ने विशिष्ट महोदय
काम नलाग्ने ठण्डा महोदय
शिक्षाले निवेदन लेख्न सिकाउँदा
असाध्यै बुद्धि पुर्वक सिकायो
अर्थ नखुलाई
महोदय शब्द झुण्ड्याएर
त्यसैले उसले पनि थुप्रै निवेदन लेख्यो
महोदय शब्द हालेर
शिक्षाको फल उ
स्वयं पनि महोदय नै हो
बोलौ नारायण.... हरि हरि
आजको महोदयको जय होस
हरेक दिनका महोदयको जय होस
किनकि महोदयले पनि धर्म गरेर
आफ्नो नाम अमर बनायो ।
बोलौ महोदय को जय 
एक कर्म गर्ने व्यक्तिको विशिष्ट पात्रको रुपमा
स्थापित महोदयको 
जय जय कार गर्दा
धर्मले पनि छुट देला ।

Views: