d

आत्मसमीक्षा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

उसले मुखले झुट बोल्यो
कलमले सत्य लेख्यो
अनि भौतारियो सत्यको खोजीमा।

उसले मनमा कामवासना लियो
तनमा साधुवादको छवि बनायो
अनि भौतारीयो शान्तिको खोजीमा

उसले मुखले ठिक्क पार्यो
कर्मले दिक्क पार्यो
अनि भौतारीयो आनन्दको खोजीमा

उसले सबै धर्म स्वीकार्यो
हिन्दु धर्म अंगाल्यो
अनि भौतारीयो ज्ञानको खोजीमा

आफ्नो ब्यथा कसैले नसुनेपछि
उसले एक दिन एक योगीलाई सोध्यो
मैले पाप गरे कि पुण्य महाशय
योगीले उसलाई जवाफ दिए,
"अबोध! तैंले न पाप, न त पुण्य गरिस 
तर आत्मसमीक्षा गरिस,
कमैले गर्छन
र हिन्दु धर्ममा आत्मसमीक्षा शास्त्रमा वर्णन पनि छैन
जब अध्यात्म र भौतिकवाद पूर्ण रुपमा
एक अर्का सँग मिल्दैनन
तब यस्तो अवस्था सृजना हुन्छ
तैंले बाइबलको कन्फेसन गरिस अबोध! 
पर्खि हिन्दु धर्ममा अर्को अध्याय थपौंला ।"

Views: