d

नकल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

उसले प्रेम गर्यो
तर नकल गर्दै
काहिले टम एण्ड जेरी को टम बन्न खोज्यो
कहिले सिनेमाको हिरो जस्तो बन्न खोज्यॊ
कहिले बाँदर बन्न खोज्यो
कहिले के बन्न
सधैं उसले नकल गर्यो
अनि उसले वास्तविक संसार बुझ्यो
जहाँ प्रेमले मात्र पुग्दैन
प्रेमले भात खुवाउन सकेन
प्रेमले राम्रो खाट प्रदान गर्न सकेन
प्रेमले राम्रो कपडा दिन सकेन
प्रेमले जागिर दिन सकेन
प्रेमले शैक्षिक योग्यता दिन सकेन
अनि उ आज सम्हालिएको छ
त्यसैले उ बोल्दछ
महिलाहरु भौतिकवादी हुनुको कारण
मात्र प्रेम हो
पुरुषहरु जतिनै प्रेम भनी उफ्रे पनि
प्रेमलाई चाहिने भनी भौतिक वस्तुनै हो
जुन शरीरबाट सुरु हुन्छ
अनि शरीरमानै अन्त्य
आत्मा त केवल श्रद्धाञ्जली दिन मात्र काममा आँउछ 
त्यसैले गर्दा सदैब नकल गर्ने उ
आज कलाकार बनेको छ
जसले आवश्यकता अनुसारको पात्र बन्दछ ।

Views: