d

भ्रमको खेती

Views:

 

भ्रमको खेती गर्नेले
धर्ममा सधैं
कि खोज्दछन महादेव
कि त विष्णु
दोष थुपार्न
तर्क अनुसारले
किनकि महादेव र विष्णु दुवैले
माया र छलको प्रयोग गरेका थिए 
विष्णुले सतीदेवीको हात महादेवको हातमा सुम्पिदा
र मधु - कैठभ लाई परास्त गर्दा
साथै महादेवले जालान्धरलाई परास्त गर्दा
र रावणलाई मायाकी पार्वती दिँदा
धार्मिक ग्रन्थमा अन्य उदाहरण पनि भेटिएलान
प्रश्न उठ्दछ
भगवान त यस्ता भए भने भक्त कस्तो हुनुपर्ने?

प्रसङ्ग बदलौं
गाँउको बिर्खेलाई पनि केही कहलिएकाले भ्रम छरे
भ्रम नै सबै थोक हो भन्दै
उसले भ्रममै संसार पायो,
आफ्नो मेहेनत भ्रममा देख्यो
तर वास्तविकता मा केहि न केहि
कालान्तरमा 
भ्रमको खेती गर्नेलाई नै
भ्रम बाट विरक्तिएर 
उसको वास्तविकता चाहियो
उसको सानदार जित
तथापि उसले धर्म अङ्गाल्यो
र माग्न आउनेलाई दान दियो
उसको प्राणसरी रचित काव्य
जसको लागि उसले भ्रम मै  प्राय सबै थोक पाएको थियो
र सायद भ्रमको खेती गर्नेले पनि दोष
पुन: महादेव र विष्णुलाई नै लगाउँछन होला ।
त्यसैले गर्दा
महादेव र विष्णु सत्यको मात्र नभई
छलको पनि देवता कहलिए ।

Views: