d

बयान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

उसको पनि बयान गर्न
हजार जिब्रो भएका शेष नागले सकेनन,
विणा बजाउने नारदले सकेनन
त्रिकालदर्शीले पनि सकेनन
अन्तत उसकै गफ र कथा बिक्यो
अनि सुरु गर्यो उसले
आफ्नो बयान गर्न 
किनकि आफूलाई धार्मिक कथाको पात्र बताउनेले
उसको बयान गरिदिएनन 
त्यसैले गर्दा नाम खोज्ने पात्रहरूलाई
उसले नाम भट्याइदियो
उ त एक पात्र मात्र हो
हाम्रो समाजमा यस्ता नमुना
धेरै भेटिन्छन।

कुनै समय
कक्षामा विद्यार्थीको नाम
धार्मिक नाम भन्दा बेग्लै हुँदा
अचम्मको विषय हुन्थ्यो
हाँसोको विषय हुन्थ्यो
अहिले धार्मिक नाम खोज्न मुस्किल छ
अनि धार्मिक नाम
हाँसोको पात्र बन्दछ ।

यो एक सामाजिक रुपान्तरण हो
आधुनिकताले आफ्नो स्थान पाएको अनुभुति हो
किनकि धर्म त आँफैमा पनि
अजर अमर छ
अनि किन नाम राख्नु धार्मिक पात्रका
त्यसैले यो एक क्रान्ति हो नेपाली समाजमा
जसले धर्मले जरो गाडेर बसेको स्थितिलाई 
पल्टाएर एक समाजिक रुपान्तरण तर्फ लगेको छ।
आफ्नो संस्कार गुम्ने डर बोकेको
त्रसित व्यक्तिले नित्य पुजा पाठ गर्न
धार्मिक कथा पढ्न र सुन्न धर्मले रोकेको छैन 
धर्मले कर्मकाण्ड रोकेको छैन
ब्राह्मणको दक्षिणा खोसेको छैन
अनि किन हुने अन्धभक्त
जहाँ धर्मले मर्नु भन्दा अगाडि सम्म
भगवानको नाम जपे उत्तम लोकको आश्वासन दिन्छ
अनि जिवित छँदा
स्वतन्त्रताको हनन गर्दछ
बिना कारण
त्यसैले समयको माग नै हो
धर्म बुझेर
चेतनशिल भएर
धर्मको पालन गर्ने
जसले सक्दछ उसले धर्म गर्दछ
नसक्नेलाई पनि मनले धार्मिक बन्न
धर्मले नै छुट दिएको छ ।

त्यसैले उसको मात्र होइन
सायद चेतनशिल भएर
धर्मको समीक्षा गर्ने
उ जस्ता हजारौंको वर्णन
सायद शेषनागले गर्न सक्दैनन
विणा बजाउने नारद ले गर्न सक्दैनन 
सरस्वतीले गर्न सक्दैनन ।

Views: