d

कविता: हार्दिक बधाई तथा शुभकामना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

उसले फूलमा 
साहित्यकार देवकोटाले भनेझैं
हेलेन र पद्मिनी देख्यो
अनि उसले पनि बयान गर्न थाल्यो
फूल र प्रेमको बारेमा
आफुले मन पराएकी केटिको मन जित्न ।

उसको छेउमा बसेको छट्टुले
उसको फूलको बयान सुनी
फूल व्यवसाय सुरु गर्यो।
उसले पनि छट्टुलाई 
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्यो।

वास्तवमा भन्नु पर्दा
हामी नेपाली
जन्म देखि मर्नु अघि सम्म
हार्दिक बधाई तथा शुभकामनाले धेरिएका हुन्छौ।
सन्तान जन्मिने बित्तिकै देखि पाउने
हार्दिक बधाई तथा शुभकामना
जिन्दगीको हरेक प्रगतिमा पाइन्छ
आफ्नो जन्मदिन देखि
बुढो भएर चौरासी पुजा गरुन्जेल पाइन्छ
पत्र पत्रिकामा हार्दिक बधाई तथा शुभकामना नभएको
सायद नै कुनै दिन हुन्छ ।
छट्टुले फूल व्यापारी भएर
यही हार्दिक बधाई तथा शुभकामनाको उपयोग गर्यो
पसलमा थरी थरीका फूल राख्यो
बधाई दिन देखि समवेदना प्रकट गर्न सम्म
उसले फूलहरुको ताँती लगायो
नेपाली समाजले मनाउने चाड बाडलाई पनि 
उसले सदुपयोग गर्यो
उसको फूल पसलले राम्रो आम्दानी गर्यो
हार्दिक बधाई तथा शुभकामनाको साथमा।

उसले निकै काव्य लेख्यो
उसको काव्यले रङ्ग ल्यायो
तर एक दिन 
उसले देख्यो
उसले मन पराएकी केटि छट्टु सँग विवाह बन्धनमा बाँधिएको
उ तरंगित भएर
किन र कसरी भन्ने प्रश्न गर्यो
केटिले जवाफ दिई
तिमीले नै लेखेको होइन
"कलम भन्दा फूल बलियो
तिमी सँग कलम छ
छट्टु फूल व्यापारी हो
उ सँग फूलको भण्डार छ। "

उ अलमल्लमा पर्यो 
उसले देखको देवकोटाको हेलेन र पद्मिनी 
भताभुङ्ग भए
उसले छट्टु लाई सोध्यो
तैंले कसरी पट्याइस
अनि छट्टुले बोल्यो,
"तैंले देवकोटाको धेरै पढिस
मैले म्याक्स स्कुलमेनको लभ इज अ फ्यालेसी पढेँ
मेरो फूलको विज्ञापन तैंले गरिदिइस"

उ रनभुल्लमा पर्यो 
अनि सम्हालिँदै
उसकै पसल बाट फूल किनेर
पुन: छट्टुलाई हार्दिक बधाई तथा शुभकामना दियो
नेपाली को राष्ट्रिय रमाइलो सरी ।

Views: