d

 भ्यालेन्टाइन-डे नजिकिदै गर्दा गुलाबको फूल आयातमा लगाइयो प्रतिबन्ध (परिपत्रसहित) PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । सरकारले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन-डे अर्थात् १४ फेब्रुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो।  

कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख सावित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयलागि प्रतिबन्ध लगाइएको जानकारी दिएकी छिन् ।

काँकडभिट्टा, भण्टाबारी, विराटनगर, मलगंवा, जलेश्वर, वीरगन्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गडडाचौकी, लोमान्थाङ, बैतडी नाकाबाट गुलाबको फूल आयात गर्न नपाइने भएको छ ।

 

Views: