d

मैलो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

उसको सफा मन देखेर
मनमा बस्न 
धार्मिक हुल आए
अनि उसको सोच हेरे
सोच हेरेर धेरै सोचेको निष्कर्ष गरे
उसले मतलब गरेन 
अनि सुरु गरे
उसको मनमा मैलो थुपार्न
आफ्नो आफ्नो वाक्यले ।

उनीहरू नआउँदा पनि उ सोच्दथ्यो
उनीहरू आए पनि सोच्यो
उनीहरू गए पछि पनि अवश्य सोच्नेछ 
आफ्नै संसारमा सोचमा हराई
मन्त्र मुग्ध हुन उ सिपालु छ
तर धार्मिक भक्तजनले कल्पना गर्न सकेनन ।

उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
"हे ईश्वर, मैलो भनेको के हो?"
तब ईश्वरले जवाफ दिए
"आफुले उपयोग गर्न नमिल्ने वस्तु"

Views: