राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि रातारात पोखरा लगियो
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका रविलाई चितवनबाट मध्यराति पोखरा लगिएको हो ।
बिहान लैजाँदा उनका समर्थकहरुको भिडभाड हुनसक्ने भएपछि राति नै सडकमार्ग हुँदै पोखरा पुर्याइएको प्रहरीले जनाएको छ । उनलाई साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बयानका लागि लगिएको थियो ।
बयान सकिएपछि उनलाई राति नै पोखरा पुर्याइएको हो । अब उनलाई पोखराबाट फेरि पर्सा लैजाने तयारी छ । जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाइसकेकोले उनलाई फेरि विरगञ्ज लैजाने तयारी प्रहरीले गरेको हो ।
प्रतिक्रिया