d

तिमी नारी हौ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कविता -"तिमी नारी हौ" 

 तिमी नारी हौ , तिमी नारी हौ ,
तिमी नारी हौ,तिमी नारी हौ।
सृष्टिको तिमी अनुपम भेट हौ 
स्वयं तिमी ईश्वरको न्यारी हौ ।

कहिले राधा, कहिले मीरा
कहिले दिल की रानी हौ 
कहिले कालीको रूप हौ 
कहिले धारिलो हतियार हौ । 

शक्ति नै नारीको पहिचान हो 
कहिलै कमजोर न मान्नु है 
दन्दनी बलेको तिमी अग्नि हौ  
प्रेम की साक्षात  तिमी मूर्ति हौ  । 

कहिले आमा , कहिले पत्नी
कहिले छोरी कहिले बहिनी
प्रेमलाई हरेक रूपमा बाडनु 
प्रेम की तिमी हौ पुजारिनी ।

सृष्टि की तिमी सृजन कर्ता 
समयसंग बहने तिमी सरिता
चंद्रमणि  दुष्टतामा तिमी   
हुने नै छ हरपल  भारी  ।
         - देवेन्द्र किशोर ढुङगाना
               भद्रपुर, झापा

Views: