d

तिमी सम्झ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कविता --- "" तिमी सम्झ ""

केही तिमी सम्झ केही उसले मान
     व्यवहार तब ठीकले चल्छ ।
आफ्नो - आफ्नो  हठमा रहे 
     न तिमी सुन्छो न उ सुन्छ ।। 

यदि चाहन्छो अनुकूल व्यवस्था
     तिमी प्रतिकूल यो ठीक छैन।
दृढ़ता  त चाहिने  छ जीवनमा 
 तर जिददी कुनै पनि ठीक छैन ।।

माधुर्य  भर रसहीन  हृदयमा 
   न दम्भ र अभिमान सदा।
सरल छैन जीवनको पथ यसैले 
    रहे शुष्क काष्ठले बने सदा।।

छ क्रोध मूल जड़ मनको कर्ता 
 अनुभूति भूलले पनि हुन  नदेउ ।
यो अंहकारले नै पोषण गर्छ 
आफुसंग आफ्नै भनि नरहनदेउ।।

कहिले गर्म  कहिले नर्म पनि हुनु 
      निर्वहन तब कर्तव्य सब ।
 अति सहज बनाउ जीवन नौका
   सरल बन किनारा कमल तब ।।
       - देवेन्द्र किशोर ढुङगाना
         भद्रपुर, मेची क्याम्पस रोड 
                  "

Views: