d

आयो होली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अंगालोमा बॉध मलाई
यो दिलको होलीमा 
भुलौ पुराना दुश्मनो 
गरौ प्यार यो होलीमा l 

साथी संगीलाई बोलाएर, 
सजाऔ यो महा उत्सब 
गीत संगीतलाई सजाउ , 
कवि दरबार यो होलीमा l 

प्रेम प्यालामा सजाएर ,
 सुन्दर गीत गाउ है 
मनको वह निकालेर , 
फ़्याक रंग होलीमा l 

वाल बृद्ध युवा मिलेर 
मनाऔ आज दिल खोली 
पारिवारिक माहौल हो  यो , 
 तिहार हो पावन होलीमा l 

भुलेर पनि  नघोटनु कही , 
भाँङ धतुरो  यस पटक 
आफ्नो गीत र संगीतको , 
होस महा जात्रा  होलीमा l 


फागु आउने छ  ज़ब जब, 
जाग्ने छ सुन्दर आशा मनमा 
हुने छ यो दिल मन मगन 
चारैतिर मन मस्त होलीमा l 

मौज मस्ती चाहने हो गर , 
आज दिल खोलेरै तिमी 
भुलेर पनि नखेल्नु कसैसंग , 
 इच्छा बिना रंग होलीमा l 
       - देवेन्द्र किशोर ढुङगाना 
   सिलीगुरी,पश्चिम बंगाल

Views: