d

गौरादहका कबड्डी खेलाडी अमन ताजपुरिया 'एसीई' लिग खेल्न भारत जादै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

फोटो: गणेश दाहाल 
गौरादहका कवड्डी खेलाडी अमन ताजपुरिया राष्ट्रिय टिममा छनौट भएका छन् । आगामी बैशाख १० गतेदेखि भारतको कर्नाटकमा हुने  'एसीई' लिग प्रतियोगिताको लागि ताजपुरीया सहित १२ जना खेलाडी छनौट भएका हुन् । छनौट भएका १२ खेलाडी मध्ये झापाबाट मानव मगर,  रोहन गुरागाई र गौरादहका अमन छनौट भएका छन् । 

एसिई लिगमा नेपाल, भारत, श्रीलंका, इरान, इराक, इङ्लेण्ड लगायतका ७ राष्ट्रहरु रहने बताइएको छ । 

छनौट भएका खेलाडीको बन्द प्रशिक्षण भोलिबाट १५ दिन सम्म चितवनमा हुने गौरादह नगर खेलकुद समितिका सदस्य सचिब निर्मल बाँस्तोलाले जानकारी गराएका छन्  । 

गौरादहको जनता मा. वि. मा अध्ययन गरेका अमन ताजपुरियाले यस अघि समेत कब्बड्डीका राष्ट्रियस्तरका खेलहरु खेलिसकेका छन् । 
गौरादहका विभिन्न विद्यालयमा कबड्डीको प्रशिक्षण दिँदै आएका ताजपुरिया गोल्डेन सनराइज मा. वि. गौरादहका समेत कबड्डी प्रशिक्षक हुन् । 

 

वडा कार्यालयद्वारा सम्मान सहित विदाई

ताजपुरियालाई  गौरादह १ वडा कार्यालयले आज वडा कार्यालय परिसरमा संक्षिप्त कार्यक्रम गरि सम्मान र काठमाडौ सम्मको यातायात खर्च सहित बिदाइ गरेको छ ।  कार्यक्रममा नगर प्रमुख छत्रपती सुवेदी, उपप्रमुख जलवर्षा ताजवंशी, वडाध्यक्ष नगेन्द्र भण्डारी, गौरादह नगर खेलकुद समितिका सदस्य सचिब निर्मल बाँस्तोला, जनता मा. वि. गौरादहका पुर्व प्रअ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान कार्की, बजार व्यवस्थापन समिति अध्यक्ष खड्ग थापा, गोपेश्वर धाम कृष्णगङ्गा घाट व्यवस्थापन समिति अध्यक्ष टंक कार्की लगायतको उपस्थिति रहेको थियो । 

 

Views: