d

बैदेशिक रोजगारीमा मलेसियामा गएका झापा कचनकवलका युवा मृत फेला 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

बनियानी , १८ चैत  । वैदेशिक रोजगारीका लागि मलेसिया गएका झापा कचनकवल ६ बनियानीका ४१ वर्षीय लखन राजवंशीले झुन्डिएको अवस्थामा मृत फेला परेका छ्न ।


मलेसियाको जोहोरबारु राज्य गेलाङ पाताहा  अवस्थित पीटीपी  कम्पनीमा कार्यरत राजवंशी शनिवार कोठामै झुन्डिएको अवस्थामा मृत फेला परेको त्यहाँका संचार माध्यमले मलेशियन प्रहरीलाई उद्दित गर्दै समाचार प्रकाशन गरेका छ्न ।

आत्महत्या या हत्या यस  बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको मलेशियन प्रहरीले जनाएको छ ।

उनले आफ्नो फेसबुक वालमा अलविदा लेखेर आत्महत्या गरेको उनका साथीहरूले परिवारजनलाई खवर गरेका थिए ।

परिवारका अनुसार मृतक  राजवंशीका श्रीमती र १० बर्षीय छोरा रहेका छ्न भने उनी ७ बर्ष अगाडि रोजगारीका लागि मलेसिया गएका थिए ।
 
उनले  आत्महत्या गरेको खवर आउनु भन्दा केही घण्टा अगाडि सम्म समेत परिवारजन सग कुराकानी गरेका राजवन्सीको शवलाई नेपाल ल्याउन नेपाली दूतावास मलेसिया मार्फत  पहल भइरहेको कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । हल्दिबारी डट कम बाट साभार।  

Views: