d

प्रतिष्ठान झापा समितिको उपाध्यक्षमा ढुङ्गेल मनोनित

Views:
Responsive Image Gallery
Responsive Image Gallery


 बिर्तामोड़ / हिन्दू संगठन जन कल्याण प्रतिष्ठान बाल संस्कार केन्द्र झापा समितिको आज सम्पन्न बैठकले शिव सताक्षी नगर पालिकाका सामाजिक तथा धार्मिक ब्यक्तित्व होम नाथ ढुङ्गेललाई उपाध्यक्षमा निर्बिरोध मनोनयन गरेको छ ल्ल
   उक्त समितिका जिल्ला सचिब देवेन्द्र किशोर ढुङगानाको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको प्रदेश समितिमा निवर्तमान उपाध्यक्षलाई जिल्ला समितिले सिफारिश गरी पठाए सँगै सो पद रिक्त रहेको थियो l 
    सो प्रतिष्ठान अन्तर्गत झापा जिल्लामा चालिस वटा बाल संस्कार केन्द्रहरु संचालन हुँदै आएको प्रतिष्ठान झापाकी प्रमुख खिनामाया फुयालले जानकारी दिइन् l

Views: