d

अनलाइन ज्योतिष सिक्न युवाहरुको क्रेज www.pardaphas.com

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल 

पर्दाफास, झापा, चैत्र , २४ शनिवार 
पछिल्लो समय ज्योतिष विद्या अध्ययनको क्रेज बढ्दै गएको छ । पौराणिक ऋषि महर्षीले प्रतिपादन गरेको सिद्धान्तमा आधारित ज्योतिष ज्ञान बैज्ञानिक युगमा समेत उति नै महत्त्वपूर्ण बन्दै गएको छ । सनातन धर्मावलम्बीले मात्रै अनुसरण गर्दै आएको ज्योतिष विद्याको प्रयोग विश्वभर  बढ्दै गएको पाइन्छ ।  परम्परागत गणना प्रविधिको माध्यमबाट लग्न र कुन्डली जुराई व्यक्तिको फलादेश गर्ने पद्धतिमा पछिल्लो समय व्यापक परिवर्तन समेत हुन थालेको छ जसको माध्यमबाट युनिभर्सिटी डिग्री हासिल गरेका युवाहरूमा समेत यसको क्रेज बढ्दै गएको पाइन्छ । 

बिराटनगरका सविन पेशाले इन्जिनियर हुन् । कार्यालयमा हुने दैनिक व्यस्त जीवनबाट समय निकालेर उनी संस्कृत विषय अध्ययन गर्दैछन् । दिनभरको काम र अध्ययनबाट थकित भएका सापकोटा ७ बजेदेखि ज्योतिष स्वअध्ययन शुरु गर्छन् ।  साढे आठबाट उनी अनलाइन क्लास जोइन गर्छन् र सबै थकानहरु भुलेर मध्यरात सम्म ज्योतिषका पारखीहरु सँग रमाउछ्न् । 

सविन जस्ता कैयौं युवाहरूले हिजोआज संस्कृत साहित्यमा चासो राख्न थालेको पाइन्छ । 

सूचना प्रविधिको तिब्र विकास सँगै नेपालमा ज्योतिष शास्त्र लगायतका अनौपचारिक शिक्षा प्रदान गर्ने माध्यमको रूपमा अनलाइन कक्षाहरु निकै लोकप्रिय बन्दै गएका छन् । दिनभरको व्यस्त समयमा कलेज गएर पढ्न एकातिर जनशक्तिको समस्या हुन्छ भने फिजिकल कक्षामा इच्छुक प्रशिक्षार्थी भेट्न पनि उति नै गाह्रो हुन्छ ।  Zoom, Google meet, TMs जस्ता प्रविधिको प्रयोगबाट देश बिदेशमा रहेकाहरू एकैठाउँ भेट्न सक्छन् र छिटो र छरितो रूपमा पठनपाठन गर्ने मौका पनि मिल्छ । 

महालक्ष्मी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रका ज्योतिष प्रशिक्षक एस्ट्रो बालकृष्ण आचार्यको ज्योतिष क्षेत्रमा १० वर्ष लामो अनुभव छ । उमेरले २६ वसन्तमा पाइला चाल्दै गर्नुभएका प्रशिक्षक आचार्यलाई हिजोआज कामको निकै चटारो छ । दिनभर आफ्नै कार्यालयमा चिना टिपनको फलादेश र ग्रहजप लगायतका वैदिक कर्मकाण्डमा व्यस्त रहने आचार्यले ज्योतिष र कर्मकाण्ड लगायतका सन्ध्याकालिन र रात्रीकालिन अनलाइन कक्षाहरु सञ्चालन गर्दै आउनु भएको छ । 

आफुले सिकेको ज्ञान अरुलाई बाँढ्न सके मात्रै आफुमा अझै निखारता आउने बताउने आचार्य समाजका हरेक व्यक्तिलाई ज्योतिषको आवस्यकता पर्ने बताउनु हुन्छ । 

हुनपनि वहाँसँग अनलाइन कक्षामा जोडिएका विद्यार्थीहरु कोहि डाक्टर छन् त कोहि प्रोफेसर अनि कोहि इन्जिनियर छन् त कोहि बैज्ञानिक । तार्किक अनुभव, आकर्षक कोर्स डिजाइन र विनम्र अनि हंसमुख शिक्षण शैली कै कारण पनि वहाँसँग पढ्नेहरू औधी खुशी देखिन्छन् ।  

आचार्यसँग ज्योतिष शास्त्र अध्ययन गर्न जोडिएका भुटानका युवा अच्युत   आफुले धेरै विषय अध्ययन गरेपश्चात पनि सन्तुष्टि प्राप्त गर्न नसकेपछि ज्योतिष शास्त्र सिक्न आएको बताउछन् । पेशाले उनि पनि सिभिल इन्जिनियर हुन् । जुनसुकै विद्या अध्ययन गरेपनि सबैभन्दा उत्कृष्ट विद्या भनेको ज्योतिष नै हो भन्ने उनले महसुस गरेका छन् । ब्रम्हाण्डमा अद्भुत रहस्य लुकाएर घुमिरहेका ग्रह र नक्षत्रलाई ऋषि महर्षीले सूत्रबद्ध गरेर बनाएका ज्योतिष पुस्तकहरु जति पढ्दै गयो उति नै रहस्य बन्दै जाने अनुभव सुनाउछ्न् । अच्युत भन्छन्, ' बिज्ञान भित्रका रहस्यहरु ज्योतिष शास्त्रका अगाडी निकै फिका लाग्छन् ।' 

वास्तु शास्त्रको प्रयोग विश्वव्यापी बन्दै 

सनातन धर्ममा आधारित वास्तु शास्त्रको प्रयोग पछिल्लो समयमा विश्वव्यापी बन्दै गएको पाइन्छ । वास्तु शास्त्रको बारेमा महालक्ष्मी ज्योतिष अध्ययन तथा अनुसन्धान केन्द्रका प्रमुख प्रशिक्षक तथा वास्तुविद् एस्ट्रो बालकृष्ण आचार्य सँग गरिएको कुराकानीको सम्पादित अंश: 

 

वास्तु शास्त्र भनेको के हो ? 

वास्तु शास्त्र ज्योतिषीय सिद्धान्तमा आधारित शास्त्रीय ज्ञान हो । वास्तु शास्त्र वा वास्तुकला भनेको भवन निर्माण, स्थापत्य शैली, भौगोलिक संरचना, र नगरीय योजनाहरूको अध्ययन, अनुसन्धान, र अनुप्रयोग गर्ने विज्ञानिक अध्ययन पनि भन्न सकिन्छ । यसले मानव संसाधन, भौतिक संरचना, स्थानीय संस्कृति, र वातावरणको प्रतिबद्धतामा माध्यम बनाउँछ। वास्तु शास्त्र भवन निर्माण, नक्सा, योजना, अभिलेख, तथा वास्तुकलाको अध्ययन, डिजाइन, र निर्माणमा समाहित छ।

 

वास्तु शास्त्रले आधुनिक विश्वमा कस्तो प्रभाव राखेको छ ? 

वास्तु शास्त्रले ठूलो भौतिकी र आर्थिक परिणाममा प्रभाव छोडेको पाइन्छ, जसले नगरीय योजना, जनसंख्या व्यवस्थापन, तथा परिवारिक र सामाजिक संरचनाहरूमा प्रतिबद्धता प्रदान गर्दछ। यसले सामाजिक समानता, वातावरणीय संरक्षण, र समृद्धि बढाउन मद्दत गर्दछ। वास्तु शास्त्रले सांस्कृतिक स्थलहरूको संरक्षण गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ।

 वास्तु शास्त्रले शहरी योजना, नगरीय निर्माण, र भौतिक संरचनाहरूमा विशेषज्ञता प्रदान गर्दछ। वास्तु शास्त्रको नियमन र मानकहरूले भवन निर्माणमा मार्गदर्शन प्रदान गर्दछ। वास्तु शास्त्रले स्थलसंग्रह, भू-सम्बन्धी काम, र भूगर्भिक विश्लेषणमा मद्दत पुर्याउनुका साथै सांस्कृतिक स्थलहरूको पुनर्निर्माण, र संरक्षणमा मद्दत गर्दछ। यसले सामुदायिक विकासलाई प्रोत्साहन दिन सक्छ, जसले सामुदायिक स्थलहरूको विकास र सुधारमा मद्दत गर्दछ।

वास्तु शास्त्र नेपाल र भारतमा मात्रै प्रयोग छ भन्छन् नी ? 

नेपाल र भारतमा यसको प्रयोग प्राचीन काल देखि भएको यथार्थ हो । यद्यपि भारतमा वास्तु शास्त्र बहुतै प्राचीन छ र यसको प्रयोग समृद्ध छ। यहाँका विभिन्न नगरहरूमा पारम्परिक र आधुनिक वास्तुकलामा यसको महत्त्वपूर्ण प्रयोग भएको पाइन्छ ।

चीनमा पनि वास्तु शास्त्रको प्रयोग प्राचीन छ। परम्परागत चीनी भवन शैलीहरू र नगरीय निर्माणमा वास्तु शास्त्रको महत्त्व छ।

नेपालमा पनि वास्तु शास्त्रको महत्त्व छ, विशेषतः पारम्परिक नेपाली भवन शैलीहरूमा। घर,मन्दिर र नगरीय निर्माणमा वास्तु शास्त्रको प्रयोग देखिएको छ।

 यूरोपमा पनि वास्तु शास्त्रको प्रयोग उत्कृष्ट छ। विभिन्न रोमानीयन, गोथिक, र बारोक शैलिहरूमा वास्तुकला, भवन निर्माण, र नगरीय योजनाहरु हेर्दा युरोपना पनि वास्तु शास्त्रको प्रयोग देख्न सकिन्छ ।  

 अमेरिकामा पनि वास्तु शास्त्रको प्रयोग धेरै छ। यहाँमा नगरीय निर्माण, विशेषतः बडा विश्वसनीय शहरहरूमा वास्तुकला, डिजाइन, र योजना अहम छ।

वास्तु अध्ययन नगरी गरिने भौतिक निर्माणमा कस्तो असर पर्छ त ? 

वास्तु बिग्रदा हुने ग्रह दोष वास्तु शास्त्र एक प्राचीन अवधारणा हो।
यस धारणाले विभिन्न ग्रहहरूको अशुभ प्रभावका बारेमा चर्चा गर्दछ, जसमा सूर्य, चंद्रमा, मंगल, बुध, गुरु, शुक्र, शनि, र राहु-केतु सामेल हुन्छन्। 

यस अवधारणामा, गृह दोषको उपायका रूपमा मन्त्र, यन्त्र, तन्त्र, वास्तु चिकित्सा, वास्तु उपाय, वास्तु शास्त्रीय नियम  जस्ता पद्धतिहरूका आधारमा वास्तु दोष निराकरण गर्न भने सकिन्छ । यद्यपि वास्तु नहेरी सम्रचना निर्माण नगर्न मेरो आग्रह छ   । 

अनलाइन प्रविधिबाट लिइने ज्योतिष ज्ञानको बारेमा बताइदिनुहोस् न ? 

अनलाइन कक्षा बाट ज्योतिष ज्ञान लिन सकिन्छ, यसले गरिदिन्छ कि ज्योतिष ज्ञानलाई अनलाइन माध्यमबाट प्राप्त गर्न सम्भव छ। धेरै वेबसाइटहरू, अनलाइन कोर्स, युट्युब च्यानलहरू, र सोशल मिडिया जस्ता स्रोतहरूले ज्योतिष ज्ञानको अध्ययनका लागि स्पेस प्रदान गर्छन् । तर, यसमा सम्भाव्यता र विश्वसनीयतामा विशेष ध्यान दिनु पर्छ। अनलाइन ज्योतिष कक्षाहरू र स्रोतहरूले विभिन्न तात्त्विक विश्लेषणहरू, प्रवचनहरू, र पाठहरू प्रदान गर्दछन् जसमा ग्रहको स्थिति, राशिहरू, कुण्डली विश्लेषण, र ज्योतिष उपायहरूको बारेमा शिक्षा दिन्छन्। 

 

नयाँ क्लासहरु कहिलेबाट शुरु गरिदै छ ?

हाम्रो केन्द्रबाट विगतका वर्षहरु देखि नै आधारभुत ज्योतिष, एडभान्स ज्योतिष, लघुज्जातकम्, चमत्कार चिन्तामणी, कर्मकाण्ड जस्ता अनलाइन कक्षाहरु सञ्चालनमा छन् । आगामी बैशाख देखि नयाँ भर्ना शुरु गरिएको छ । 


ज्योतिष शिक्षाको पूर्ण अध्ययनले बढ्दो बेरोजगारी समस्या हल हुने बलियो अवसर प्रदान गर्छ । यसबाट मानिसमा आफ्नो कर्तव्यबोध भइ समाजप्रतिको आफ्नो जिम्मेवारी र आफैं प्रति अनुशासनको भावना विकसित हुन्छ । शास्त्रीय मान्यताको अनुसरणले मानिसलाई असल खानपिन, असल जीवनशैली विकास समेत गराउन मद्दत पुग्छ । यद्यपि पछिल्लो समय धर्मको नाममा  फैलिएको बिक्रिति, विसंगति र धर्म गुरुहरुको विलासी जीवन शैली अनि उनीहरुको समय समयमा सामाजिक सञ्जालमा आउने आपत्तिजनक समाचारहरुका कारण शास्त्रीय गरिमा र विश्वसनीयता माथि नै प्रहार हुन थालेको छ । अनावश्यक होडबाजी र आकर्षक आय आर्जनको माध्यम मात्रै नबनाई यसको सार तत्वको गम्भीर मनन गर्नु आजको आवश्यकता देखिएको छ । 

Views: