d

झापाका सहकारी चोरी तथा लुटपाट गर्ने गिरोह पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा:  झापामा पछिल्लो समय घटेका शृङ्खलावद्व चोरीका घटनामा संलग्न रहेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । एक दर्जनभन्दा बढी सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहलाई आज इटहरीबाट प्रहरीले पक्राउ गरेको हो ।  ६ जनाको समूहलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । सहकारी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको बताइएको छ  । 

झापासहित पूर्वका सहकारीहरुमा श्रृङखलावद्ध चोरी गर्ने समूहलाई झापा प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
इटहरीबाट पक्राउ उनीहरुलाई झापा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । झापा र सुनसरी प्रहरीले संयुक्त रुपमा उनीहरुलाई पक्राउ गरेको बुझिएको छ । उनीहरुले चोरी गरेको विवरण र पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाइएको छैन ।

सो समूहले चैत ५ गते राति गौरादह ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट करिब १२ लाख नगद र सरसामान चोरी गरेको थियो । यस लगत्तै गौरादह ५ स्कुलचौनको जनहित वचत तथा ऋण सहकारी बाट ५ लाख, महारानी झोडा बचत तथा ऋण सहकारीको चप्रामारी स्थित सेवा केन्द्रबाट ८५ हजार र सोही स्थानमा रहेको सानाकिसान महिला सहकारी संस्थाबाट ५४ हजार चोरी भएको थियो । त्यसको तीन दिन भित्रैमा गौरादह ५ कै कन्चन्जङ्घा आधारभुत बिद्यालयबाट ६ थान ल्यापटप चोरी भएको थियोे । 

सहकारीहरुमा लगातार चोरी र तोडफोडको घटना घट्दै जाँदा सहकारी प्रति सर्वसाधारणको वितृष्णा बढ्दै गएको थियो । चोरी गर्ने गिरोहमाथि अनुसन्धान भइरहेको बताइएको छ । 

Views: