d

बिकास निर्माणका लागि टोल बिकास समितिको भुमिका उच्च रहन्छ - एल. बि. बिष्ट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

२०८०, जेष्ठ ४, पर्दाफास
झापा: झापाको कमल गाँउपालिका वडा नं. ५ अन्तर्गत सितापुरी टोल विकास संस्थाले आर्थिक वर्ष  ०८०/०८१ को लागि योजना छनौटको कार्यक्रम सम्पन्न गरेको छ ।  वडाध्यक्ष लाल बहादुर विष्टको प्रमुख आतिथ्यतामा वडा प्रतिनिधि, टोलविकास समिति, टोलका बुद्धिजिवि, समाजसेवी लगायत टोलबासीको भेलाबाट योजनाहरु छनोट गरी वडा अध्यक्षलाई बुझाइएको जनाइएको छ । 

त्यसैगरी राधाकृष्ण, गुह्येश्वरी र नवदुर्गा, मंगलमय, सितापुरी,चोलुङ टोल र  फक्ताङ्लुङ  टोल बिकास संस्थाहरुले समेत योजना छनौट गरि वडाध्यक्ष विष्टलाई बुझाएका छन् ।

यस वडामा कुल ८ वटा टोल बिकास संस्थाहरु रहेका छन् ।  

 विकेन्द्रीकरणको निति अनुसार गठन गरिएका टोल बिकास संस्थाहरुलाई जिम्मेवार बनाउदै जनसहभागितामूलक समतामा आधारित बिकास मोडालिटिमा जानू आफ्नो मुख्य उद्देश्य र लक्ष्य रहेको वडाध्यक्ष एल. बि.  बिष्टको भनाइ छ । 
 जनभावना बमोजिमको बिकासका लागि योजना छनौट गरि सोही अनुसार बजेट विनियोजन गराएर वडाको सर्वाङ्गिण विकासमा अगाडि बढ्ने वडाध्यक्ष बिष्टले बताउनु भयो ।

Views: