d

गौरादह ३ का प्रत्येक टोलमा अग्नि नियन्त्रक सिलिन्डर र अक्सिजन सिलिन्डर उपलब्ध

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास, जेष्ठ १, २०८१
झापा: झापाको गौरादह वडा नम्बर ३ का सबैजसो टोलहरुमा अग्नि नियन्त्रक सिलिन्डर उपलब्ध भएको पाइएको छ । 

सम्भावित आगजनीका घटनाबाट वडावासीमा पुग्न सक्ने धनजनको क्षतिमा सहयोग पुगोस् भन्ने उद्देश्यले अग्नि नियन्त्रक सिलिन्डर (Fire extinguisher) उपलब्ध गराइएको वडाध्यक्ष दिलिप भण्डारी बताउछन् । त्यस्तै आकस्मिक रूपमा आवश्यक पर्ने  अक्सिजन सिलिन्डरको सेट समेत प्रत्येक टोलबिकास संस्थामा वडा कार्यालयकै सहयोगमा उपलब्ध गराइएको  भण्डारीको भनाइ छ । 

आवश्यक पर्ने वडाबासीले टोल बिकास समिति, वडा जनप्रतिनिधि वा  9806078770 मा सम्पर्क गरि एम्बुलेन्स ,दमकल र प्रहरी सेवा सहित वडाले उपलब्ध गराएका सबै खाले सेवाहरु प्राप्त गरिने वहाँको भनाइ रहेको छ ।

Views: