d

भारतमा लोकसभा चुनाव मतगणना आज देखि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मङ्गलवार जेष्ठ २२, २०८१
  
भारतमा ६ हप्ता लगाएर सात चरणमा भएको लोकसभा चुनाव २०२४ को मतगणना आज शुरु हुँदैछ । भारतीय निर्वाचन आयोगकाअनुसार ५ सय ४३ लोकसभा सिटमध्ये ५ सय ४२ सिटको मतगणना आज बिहान ८ बजेदेखि शुरु हुनेछ ।  नियमअनुसार आज शुरुमा हुलाक मतपत्रको मतगणना हुनेछ त्यसपछि इभिएम अर्थात इलेक्ट्रोनिक भोटिङ मेसिनमा खसेको मत गणना हुनेछ ।

कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै इभिएमबाट मतगणना शुरु हुनेछ ।  अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६ दशमलव ८ करोड दर्ता भएका मतदातामध्ये ६४ दशमलव २ करोड मतदाताले मतदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् । 
तस्बिर: AP News

Views: