d

गौरादहबाट भारतीय बालक बेपत्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापा गौरादह वडा नम्बर ४ स्थित मिलनचोकबाट १५ वर्षीय भारतीय वालक गुड्डु कुमार ऋषिदेव बेपत्ता भएका छन् । बर्खे धान खेतीको सिजन पारेर धान  श्रमिकको रूपमा काम गर्नभनी  भारतीय नागरिकहरुको समुहमा आएका ऊनी ४ दिन अगाडि देखि बेपत्ता रहेको वडा नम्बर १ मा रहेको पञ्चमुखी चिउरा मिलका सञ्चालक कुन्दन साह बताउछन् । 

साहका अनुसार ऊनी थ्रेसर मेसिनमा काम गर्दै गरेको बेला दोकान जान्छु भनी स्थानीयको साइकल लिएर निस्किएका थिए तर फर्केर आएनन् ।
साहले जानकारी गराए अनुसार रामपुर १ भारतका हुन् । बताइए अनुसार ऊनी अहिलेसम्म आफ्नो घर इन्डिया पुगेका छैनन् । 

कालो-गोरो वर्णका ती बालक नेपालमा पहिलो पटक आएका हुनाले घर फर्कने क्रममा बाटो बिराएको  हुनसक्ने समेत स्थानीयले अनुमान गरेका छन् । 

९८०६०८४६४९ मा सम्पर्क गरिदिन वडा नं. ४ मिलनचोकका स्थानीयको अनुरोध छ  ।

Views: