d

गौरादह न. पा. को १४ औं नगर अधिवेशनको निति कार्यक्रम (पूर्ण पाठ)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह न. पा. को १४ औं नगर अधिवेशनको निति कार्यक्रम (पूर्ण पाठ) 

अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ ले गरेका नीतिगत व्यवस्था, संघीय सरकारको सोहौं पञ्च वर्षिय योजनाको व्यवस्था तथ्य दिगो विकासका लक्ष्य,

स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शनले निर्देष्ट गरेको बार्षिक योजना तथा वजेट तर्जुमाका आधारहरु,

नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त समानीकरण अनुदान र राजश्व बाडफाडको सिलिङ सहितको मार्गदर्शन,

संघ र प्रदेश सरकारवाट प्राप्त अन्य मार्गदर्शन एवंम निर्देशन र सुझाव,

संघीय आवधिक योजनाले निर्देष्ट गरेको लक्ष्य एवम उदेश्यहरु,

संघीय सरकारले अन्तराष्ट्रिय रुपमा प्रतिवद्वता जाहेर गरेका प्रतिवद्वताहरु,

नगरपालिकाको आवधिक योजना, विषय क्षेत्रगत रणनीति तथा जनस्तरको सुझाव र प्रतिवद्वताहरु नगरसभा सदस्यज्यूहरु,

अब म आगामी आ.ब. ०८१९०८२ का लागि क्षेत्रगत नीति कार्यक्रम तथा आधारहरु प्रस्तुत गर्ने अनुमती चाहन्छु। आ.व. २०८१९०८२ का लागि प्रस्ताव गरिएका नीति योजाना कार्यक्रममा भौतिक पूर्वाधार, सामजिक विकास,

कृषि विकास, सुशासन तथा सार्वजनिक सेवा प्रवाह, क्षमता विकास र वातावरण संरक्षण तथा विपद् व्यवस्थापन आदिलाई प्राथमिकता दिईएको छ। जुन तपसिल अनुसार रहेको।

क. भौतिक पूर्वाधार विकास

१. योजना तर्जुमा तथा पूर्वाधार विकास

दीर्घकालीन, वहूवर्षिय, ठूला प्रकृतिका र अधुरा, सडक कालोपत्रे गर्ने लगायतका पूर्वाधार सम्बन्धी योजनाहरु विशेष प्राथमिकतामा राखि चालु आ.व. मा नै निर्माण सम्पन्न गर्ने गरी कार्यान्वयन गरिनेछ। साना तथा टुक्रे प्रकृतिका योजनाहरुलाई क्रमशः विस्थापित गर्दै लगिनेछ ।

संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको समन्वयमा स्वामीचोक हुदै दामुना सम्मको (वडा नं. ५ र ६), अर्जुनदेवराईको घरबाट गोपेश्वरघाट हुँदै गौरादह डिठ्ठाचोकसम्मको सडक (वडा नं. १), हिमालचोक-दहलुचोक-ठकठके सडक (वडा नं. २ र ७), वडा नं. ३ को खरेलडाँडाबाट (वडा नं. ७ र ८) हुँदै गौरिगञ्ज मोड्ने सडक, गौरादह-बैगुन्धुरा-तुलाचौन सडक (वडा नं. १, २ र ९), कोहवरा-ग्वालडुबा-बैगुन्धुरा सडक (वडा नं. ६, ७ र ९), वैराती बजार नरिवलगाछी हुँदै ठेकिटोला जोड्ने सडक वडा नं. ८, मिलन चौक फत्तेपुर सडक (वडा नं. ४,७), स्कुलचौन-डोरामारी-इन्दिराचौक-वनियाटोली सडक (वडा नं. ५, ४, ६ र ७७, जोरघरे-देवीमार्ग-रङपुर सडक (वडा नं. ४ र ५), गुराँसचोक-चप्रामारी-झुनावारी सडक (वडा नं. ३, ४ र ५) को कालोपत्रे गर्ने कार्य आगामी ३ वर्ष भित्र सम्पन्न गर्ने गरी आ.ब. ०८१९०८२ मा थालनी गरिनेछ ।

• हाल निर्माण कार्य भइरहेका र निर्माणाधिन सडक आगामी आ.व. भित्र निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाईनेछ ।

नगरपालिकाभित्रका निर्माणाधिन बक्स तथा स्लाव कल्भर्टहरु र गौरिया-कृष्णेखोला मोटरवेल पुल आगामी वर्षभित्र संघ र प्रदेश सरकारको समन्वयमा निर्माण सम्पन्न गरिनेछ ।

नगरपालिका भित्रका गौरियाखोला, रामचन्द्रे खोला, चान्दुखोला, कृष्णेखोला, कमलखोला लगायतका स्थानहरुमा झोलुङ्गे पुल तथा फलामे ट्सब्रिज निर्माण कार्यलाई निरन्तरता दिई स्थानीय आवागमनलाई सहज बनाइनेछ।

लैगिक समानता, अपाङ्गता र सामाजिक समावेशी (Gender Equality Disability and Social Inclusion) मैत्री सार्वजनिक संरचना निर्माण कार्यलाई विशेष प्राथमिकता साथ लागू गरिनेछ । पर्यटकीय सम्भावना र महत्व बोकेका पर्यटकीय क्षेत्र र ताल तलैया सीमसार लगायतका

क्षेत्रहरुको संरक्षण र सम्वर्द्धन गर्ने गरी पूर्वाधारहरुको विकास गरिनेछ । कृषि, पर्यटन, वैकल्पिक उर्जा प्रबर्द्धन र वातावरणमैत्री पूर्वाधार निर्माणका योजनाहरुलाई विशेष प्राथमिकता दिइनेछ ।

व्यक्ति, संघ-संस्था एवम् उपभोक्ता मार्फत कम्तिमा ३० प्रतिशत लागत साझेदारी सुनिश्चित हुने योजनाहरुलाई विशेष प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।

सडक सुधार तथा सडक मर्मत सम्भार र भौतिक संरचना मर्मत तथा सुधार कार्यको छुट्टै मर्मत सम्भार कोष स्थापना गरी कार्यान्वयनमा ल्याइने छ । नगरपालिका क्षेत्रभित्रका शवदाह स्थलहरुको पूननिर्माण गरी व्यवस्थित र समृद्ध बनाईनेछ।

 

योजनाहरुको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण कार्यको लागि कानूनी एवम् संस्थागत संयन्त्र विकास गरी योजना अनुगमन प्रकृयामा प्रभावकारिता वृद्वि गरी उच्चतम नतिजा प्राप्त गरिनेछ ।

 

दिगो विकासका कार्यक्रम (गौरादह गुरुयोजना १५ वर्षे) बनाई सोही अनुसार कार्य गरिनेछ। आवधिक योजना अध्यावधिक गरी ५ वर्षे बनाईनेछ ।

रतुवा खोला, चान्दुखोला, कृष्णे खोलामा सर्वे भएका र डि.पी.आर समेत भएका मोटरवेल पुलनिर्माण गर्न सम्बन्धित मन्त्रालय तथा विभागलाई ध्यानाकर्षण गराईने छ।

गौरादह नगरपालिका वडा नं. २ मा रहेको सरकारी जग्गा उपयोग गर्न निर्माण गरिएको विस्तृत परियोजना प्रतिवेदन (DPR) बमोजिम Children Park निर्माणको कार्य प्रारम्भ गरिनेछ ।

२. भवन तथा संरचना

• निर्माणकार्य प्रारम्भ गर्नुपूर्व भवन निर्माण अनुमति अनिवार्य लिनुपर्ने व्यवस्थालाई वाध्यात्मक रुपमा लागू गरिनेछ। निर्माण प्रकृया सम्पन्न भएपछि मात्र अभिलेखीकरण गर्ने प्रणालीलाई निरुत्साहित गरिनेछ ।

निर्माण पूर्व अनुमति लिने नगरवासीलाई तोकिए बमोजिम दस्तुरमा सहुलियत प्रदान गरिनेछ । तीन यस अघि निर्माण भएका भवन संरचनाको अभिलेखिकरण आ.व प्रारम्भ भएको दुई महिना भित्रमा गरेमा लाग्ने दण्ड जरिवाना छुट दिइनेछ। यस अवधि पश्चात अभिलेखीकरण गर्दा सुरु

दस्तुर वापतको रकम वरावर जरिवाना गरिनेछ ।

नगरपालिका क्षेत्र भित्र भवन तथा संरचना निर्माणको Drawing तथा Designing गर्न नगरपालिका भित्रै सुपथ मूल्यमा सेवा उपलब्ध गराइनेछ ।

सुरक्षित नागरिक आवास अन्तर्गत विपन्न परिवारका फुसको छाना विस्थापित गर्ने कार्यको निरन्तरताको लागि वजेट व्यवस्था गरिनेछ ।

१४ औ नगर अधिवेशनमा प्रस्तुत आ.व. ०८१९८२ को वार्षिक नीति तथा कार्यक्रम

 

ख. आर्थिक विकास नीति

१. राजश्व प्रशासन सुधार

गौरादह नगरपालिकालाइ आर्थिकरुपमा आत्मनिर्भर नगरपालिकाको रुपमा स्थापित गर्न आन्तरिक राजस्व परिचालनमा जोड दिइनेछ। नगरपलिकाको आन्तरिक आय संकलनका दायराहरु फराकिलो पारी वैज्ञानिक कर प्रणाली लागू गरिनेछ । आन्तरिक आय वृद्धिको लागि राजश्वका स्रोतहरुको दर र दायरामा समयसापेक्ष सुधार गरिनेछ ।

कर सम्बन्धी जनचेतना अभिवृद्धि गरी बढी भन्दा बढी व्यक्तिहरुलाइ करको दायरामा ल्याउन प्रवर्द्धनकारी कार्यक्रम अन्तर्गत विज्ञहरुको सहयोग लिइ कर शिक्षा कार्यक्रम संचालन गरिनेछ । कर संकलनलाई प्रगतिशिल बनाउदै लैजान पालिकाको क्षमता अभिवृद्धी सम्बन्धी तालिम/गोष्ठीका लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।

नगरपालिकाबाट प्रदान गरिने सेवा लिनुपूर्व नगरपालिकालाई वुझाउनुपर्ने सबै प्रकारका कर र दायित्व भूक्तानिको सुनिश्चितता गर्ने नीति लिइनेछ। नगरपालिका भित्रका सेवाग्राहीलाई सेवा प्रवाह गर्नुपूर्व नगरपालिकाको सिफारिस लिने व्यवस्था कार्यान्वयन गर्न पालिका क्षेत्र भित्र र बाहिरका सरकारी कार्यालय, संघसस्थावीचको समन्वयलाई प्रभावकारी बनाईनेछ। करमा आवद्ध गर्न नसकिएका व्यक्ति/संस्थालाई करमा आवद्ध गर्न निश्चित समयका लागि कर सहुलियत कार्यक्रम संचालन गरिनेछ। साथै, गरिव विपन्न बर्गलाइ अति आवश्यकीय सिफारिसहरुमा

पूर्णरुपमा कर छुटको व्यवस्था गरी सामाजिक न्यायको नीति अवलम्बन गरिनेछ । करलाई रहरमा परिणत गरी करमा स्वयं सहभागी हुन सक्ने बातावरण बनाउन ब्यक्तिको आयआर्जनमा बढोत्तरी हुने कार्यक्रमहरु संचालन गरिनेछ ।

सबै प्रकारका करदाताहरुलाई करको दायरामा ल्याइ राजश्व वृद्धि गर्न राजश्व अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक स्रोत साधनको व्यवस्था गरिनेछ ।

 

•  वडा क्षेत्रमा कार्यक्रम संचालन गर्दा कर संकलन क्षमतालाई मुख्य प्राथमिकतामा राखिनेछ

• पालिका भित्र संचालित निजी विद्यालय, स्वास्थ्य संस्था, मनोरञ्जन संस्था वा त्यस्तै प्रकारका व्यवसाय गर्ने संस्थाको अनिवार्य दर्ता गर्ने, स्वीकृति लिने व्यवस्था मिलाइनेछ ।

• पालिकाको राजस्व वृद्धि गर्न राजस्व खोजी टोलीको परिचालन गरिनेछ । राजस्व सम्बन्धी  सुराकी गर्ने व्यक्तिलाइ उठेको राजस्वको निश्चित प्रतिशत प्रोत्साहन उपलब्ध गराइनेछ ।

• राजस्व सुधार कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षहरुको

सवलीकरणमा विशेष पहलकदमी लिइनेछ।

यस नगरपालिको एक मात्र स्थायी आय अन्तरिक राजस्व रहेको र यस पालिकाभित्रका सेवाग्राही/जनताहरुको आर्थिक समृद्धि विना यसको बढोत्तरी हुन नसक्ने हुदाँ संभाव्यता अध्ययन गरी सोही बमोजिमका कार्यक्रम संचालन गरिनेछ। सेवाग्राहीको सुविधालाई मध्यनजर गरी कर भुक्तानी प्रक्रियालाइ प्रविधिमैत्री बनाउदै लगिनेछ ।

• राजस्व संकलनलाइ प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरुमा कारोबार गर्ने, पानीको धारा, विजुलीवत्ति जडान गर्न, मालपोत कार्यालयमा घर जग्गा पास गर्नेहरुलाई पालिकाको सम्पती कर, घरबहाल कर लगायत सबै कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरिनेछ ।

१४ औ नगर अधिवेशनमा प्रस्तुत आ.व. ०८१९८२ को बार्षिक नीति तथा कार्यक्रम

• घर वहाल कर स्वघोषणा गरी तिर्न आउने करदातालाइ विशेष प्रोत्साहन गर्ने व्यवस्था मिलाइनेछ। आ.व सुरु भएको दुई महिना भित्र सम्पूर्ण कर दायित्व भूक्तानि गर्ने करदातालाई तोकिए बमोजिम सहुलियत प्रदान गरिनेछ ।

• कर तिर्न अटेर गर्ने, झुठो विवरण पेश गर्ने, कर छलि गर्ने करदातालाइ जरिवाना सहित नगरपालिकाले प्रदान गर्ने सुविधा कटौती गरिनेछ । पालिका दिवसको अवसरमा नियमित कर तिर्ने वा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान र प्रोत्साहन गरी असल अभ्यासको थालनी गरिनेछ ।

२. कृषि विकास तथा सिचाई

• कृषि उत्पादन बढाउन सिंचाई सुविधा विस्तारका लागि हाल भईरहेका सिंचाईका श्रोतहरु तथा कुलो-पैनी मर्मत संभार र व्यवस्थापन गरी अधिकतम उपयोग योग्य बनाईने छ। नगरक्षेत्र भित्रका सतहमा रहेका पानीका स्रोतहरूबाट सिँचाइ सुविधा विकास र विस्तार गर्नका लागि सम्भाव्यता अध्ययन गरिनेछ।

• सिंचाइका लागि विद्युत मोटर बोरिङ्ग प्रयोग गर्ने किसानहरूलाई विद्युत महशुलमा अनुदान प्रदान गर्न नगरपालिकाले विशेष नीति अवलम्वन गर्नेछ। यस पहलमार्फत कृषकहरूलाई आर्थिक भार कम गरी उनीहरूको उत्पादन क्षमता वृद्धि गर्न सहयोग पुर्याइनेछ ।

 

• उत्पादनमुखी गतिविधिहरूमा मात्र सीमित नरही उत्पादित वस्तुहरूको पोस्ट-हार्वेस्ट क्षति रोक्न विशेष पहल गरिनेछ। अन्नबालीको सन्दर्भमा सुकाउने मेसिन (Seed Drier Machine) को स्थापना प्रमुख प्राथमिकतामा हुनेछ। साथै, तरकारी र फलफूलहरूलाई ताजा र सुरक्षित राख बजार नजिकैको क्षेत्रमा शीतगृह (Cooling Chamber) को निर्माण गरिनेछ ।

• उन्नत वीउविजन सुपथ रुपमा उपलब्ध गराइनेछ ।

•  कृषि उत्पादन र उत्पादकत्व वढाउन निशुल्क माटो परीक्षणको सुविधा उपलब्ध गराई शत्रुजीव नियन्त्रण गरी मित्रजीव व्यवस्थापनका लागि आवश्यक व्यवस्था गरिनेछ। परीक्षण नतिजाको आधारमा माटो सुधारको लागि कृषि चुन, बीउ, मल, सिचाई लगायतमा अनुदान उपलब्ध गराईनेछ ।

• कृषि सहकारीलाई प्रवर्द्धन गरी कृषि उत्पादनलाई मुल्य श्रृंखलाको आधारमा बजारसँग आवद्व गरिनेछ । कृषक समुहलाई कृषि यान्त्रिकरण कार्यक्रममा आबद्ध गर्ने नीति लिईनेछ ।

•  कृषिकार्य र पशुपंक्षी पालन कार्यको आधुनिकीकरण गर्दै सम्भाव्यताका आधारमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पशु विज्ञ केन्द्रहरुसँगको सहकार्यमा पकेट क्षेत्र कार्यक्रमहरु संचालन गर्न प्रोत्साहित गरिनेछ ।

• कृषि प्राविधिक खेतबारीमा र पशुपंछी प्राविधिक गोठ, खोरमा नै पुगी सेवा उपलब्ध गराउने व्यवस्था मिलाईने छ।

•  कृषि प्रणालीलाई वैज्ञानिकीकरण गर्न स्वदेशी तथा विदेशी सरकारी तथा गैर सरकारी संस्थाहरुसँग सहकार्य गरी कृषि अनुसन्धानको कार्य गर्न चाहने कृषि बाली उत्पादनसँग सम्वन्धित संस्थालाई सहयोग र सहजीकरण गर्ने नीति अवलम्बन गरिनेछ ।

१४ औ नगर अधिवेशनमा प्रस्तुत आ.व. ०८१९८२ को वार्षिक नीति तथा कार्यक्रम

• कृषि यान्त्रिकरणका लागि कृषि सहकारी र कृषक समुहहरुसँग एकै थलोबाट (Custom Hiring Center) कृषि उपकरणहरु न्यूनतम भाडा दरमा उपलब्ध गराउने गरी संञ्चालन तथा व्यवस्थापन गर्न सहकारी संस्था तथा गैर सरकारी निकायहरुसँग समन्वय गरिनेछ ।

प्राङ्गारिक कृषि उत्पादनलाई प्रोत्साहित गर्ने नीति अवलम्वन गरिनेछ ।

नगरस्तरीय कृषि विकास यान्त्रिकरण तथा पशुपक्षिसँग सम्बन्धित कार्यक्रमहरु संचालन गर्दा संघीय अनुदानका कार्यक्रमहरु संघीय कार्यविधि र प्रदेश अनुदानवाट संचालन गरिने कार्यक्रमहरु प्रदेश कार्यविधि तथा जुनसुकै तहबाट प्राप्त निशर्त अनुदान र आन्तरिक श्रोतबाट तयार गरिने कार्यक्रमहरु कृषि अनुदान वितरण सम्बन्धि कार्यविधि, २०८० बमोजिम संचालन गरिनेछ ।

गहा सुधार तथा चाक्लाबन्दी कार्यक्रम संचालनलाई निरन्तरता दिईनेछ। यसकालागि नगरपालिकाका प्रविधिकद्वारा लागत अनुमान तयार गरी सो को आधारमा प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

जाईका नेपालसँगको सहकार्यमा संचालित कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

कृषि विषयमा अध्यायनरत विद्यार्थीहरु, स्थानीय कृषक र कृषक समुहहरुको सहकार्यमा कृषि प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ ।

• फलफुल खेति, च्याउ खेति, करेसाबारी खेति, फूल बगैचा, कन्दमूल, मसालाबाली तथा बहुक्षेत्रिय पोषण बालीको उत्पादन र विकासलाई प्रोत्साहन गरिनेछ। खर्बुजा खेति लगायत नगदे वाली उत्पादन गर्न प्रोत्साहित गरिनेछ ।

• कृषि तथा पशुपालनका असल अभ्यासको अध्यायन तथा अवलम्बन गराउन कृषक अध्ययन अवलोकन भ्रमण कार्यहरु संचालन गरिनेछ । संघीय सरकार अन्तर्गत NAST, NARC र कृषि क्याम्पससँगको समन्वयमा सबै वडाहरुमा "कृषि बाली प्रर्दशन" कार्यक्रम अगाडि वढाइनेछ ।

• कृषि व्यवसायिकीकरण तथा यान्त्रिकरण प्रर्वद्धन कार्यक्रममा बाडिएका विभिन्न कृषि औजारहरुको मर्मत संभार सम्बन्धी सीप विकास तालिम संचालन गरिनेछ ।

गौरादह नगरपालिका भित्र खेति भई रहेका विभिन्न लोपोउन्मुख रैथाने बाली जस्तै फापर, कोदो, झुसेतिल, लट्टेसाग आदिको संरक्षण, संबर्धन, विविधीकरण तथा बजारीकरणमा टेवा पुर्याउनको लागि प्रोत्साहन अनुदान दिईनेछ ।

• नगर क्षेत्रभित्र भई रहेको अत्याधिक बिषादिको प्रयोगलाई कम गर्नको लागि बिभिन्न वडामा सुरक्षित बिषादि उपयोग सम्बन्धमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिनेछ।

३. पशुपंछि विकास

• नगरपालिकालाई दुध र मासुमा आत्मनिर्भर बनाउन पशुपंक्षी व्यवसाय प्रवर्द्धन प्रोत्साहन गरिनेछ ।

• पशुपंछिहरुको महामारी रोग बिरुद्धको खोप तथा प्राथमिक उपचार सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाईछ ।

१४ औ नगर अधिवेशनमा प्रस्तुत आ.व. ०८१९८२ को वार्षिक नीति तथा कार्यक्रम

• पशुपंछी सेवा प्राविधिक गोठ, खोरमा नै पुगी सेवा उपलब्ध गराउने व्यवस्था मिलाईने छ । लागत साझेदारीमा पशु वीमा कार्यक्रम संचालन गरिनेछ। लागत साझेदारीमा संचालन हुने व्यवस्था मिलाईनेछ ।

• पशु प्रजनन बिकृति/बाझोपना/गर्भ तुहिने/संक्रामक रोगहरु न्युनीकरण गर्न बिशेषज्ञ सेवा सहितको घुम्ती शिबिर संचालन गरी दुध तथा मासुमा उत्पादकत्व बढाइनेछ ।

 

• पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत गौरादह नगरपालिका क्षेत्रभित्र गाई भैंसीको पकेट तोकि सोहि अनुरुप कार्यक्रम संचालन गरिनेछ। पशु वस्तुको नस्लसुधारका लागि कृतिम गर्भाधान तथा प्राकृतिक गर्भाधान (उन्नत साढे र रागा बितरण) दुवै कार्यक्रम संचालन गरिनेछ ।

 

• पशु विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई कृषकको घर/गोठमा नै सिकाई स्थलको रुपमा प्रयोग गर्नेगरी (On the Job Training) मा आवद्ध गरिनेछ । • पशु वस्तुको कृत्रिम गर्भाधान गर्दा प्रति पशु वस्तु लाग्ने शुल्कको निर्धारण गरी किसानहरुले

 

तिर्नु पर्ने सेवा शुल्कमा सहयोग गर्ने नीति अवलम्बन गरिनेछ ।

 

गौरादहलाई माछा उत्पादनमा आत्मनिर्भर बनाईनेछ। ब्यवसायिक माछा पालन सम्बन्धी तालिम र उन्नत माछाको भुरा बितरण कार्यक्रम संचालन गरिनेछ ।

 

सामुदायिक कुकुर नियन्त्रणका गर्न वध्याकरण कार्यलाई निरन्तरता दिईनेछ। यसका लागि नगरपालिकाको संस्थागत र जनशक्ति क्षमता सवलीकरण गरिनेछ ।

 

• पशुपालनका क्षेत्रको असल अभ्यासको अध्ययन अवलोकन गरी नवीन कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।

 

४. सहकारी तथा गरिवी, उद्योग, श्रम तथा रोजगारी श्रृजना

 

नगरपालिका भित्र कार्य क्षेत्र भएका सहकारी संस्थाहरुमध्ये नगरपालिकामा नियमित सूचीकृत नभएका, नियमित लेखापरीक्षण विवरण नबुझाएका, सञ्चालनमा नदेखिएका निष्कृय सहकारीहरुको दर्ता खारेजीको प्रकृया अगाडि बढाईनेछ साथै सहकारी संस्थाहरुको नियमित नियमन गरिनेछ ।

 

एकै प्रकृतिका दुई वा दुई भन्दा बढी संस्थाहरु एकिकृत हुनका लागि प्रोत्साहन गरिनेछ ।

 

• संघ, प्रदेश सरकारसँगको समन्वयमा सहकारी संस्थाहरुको क्षमता अभिवृद्धिका लागि COPOMIS, PEARLS, सम्पति शुद्धिकरण निवारण सम्बन्धी तालिमहरु सञ्चालन गरिनेछ ।

 

सहकारी संस्थाहरुसँगको साझेदारीमा कृषिको उत्पादन र उत्पादकत्वमा वृद्धि, बजारीकरण र सहकारी सुशासन सम्बन्धी कार्यक्रमहरु अगाडि बढाईनेछ ।

 

पालिका भित्र दर्ता र संचालनमा रहेका संस्था एवम् उद्योगहरुलाई CSR (Corporate Social Responsibility) अन्तर्गत नगर क्षेत्र भित्रमा नै सेवा उपलब्ध गराउन प्रोत्साहित गरिनेछ । नगरपालिकामा भित्र सूचिकृत वेरोजगार व्यक्तिहरुलाई सार्वजनिक पूर्वाधार निर्माणका कार्यहरुमा

 

बढी भन्दा बढी संलग्न गराई अल्पकालीन रोजगारीको अवसर विस्तार गरिनेछ। नगरपालिका भित्र सञ्चालन हुने विभिन्न युवा लक्षीत सीप मूलक तालिमहरु रोजगार सेवा केन्द्र मार्फत समेत सञ्चालन हुने व्यवस्था मिलाइने छ। तालिम लिएका व्यक्तिहरुको अभिलेखीकरण गर्न रोजगार व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी तथ्याङ्क अध्यावधिक गरिनेछ ।

 

. वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डको सचिवालय मार्फत प्रदान गদিস প্রম स्वीकृति र कल्याणकारी सेवाका लागि सम्बन्धित निकायहरुसँग समन्वय विस्तार गरी प्रभावकारिता हासिल गरिनेछ।

 

युवाहरुमा उद्यमशीलता वृद्धि गर्न युवा स्वरोजगार कोष स्थापना गरी कार्यविधिको आधारमा कोष संचालन मार्फत स्वरोजगारी बढाईनेछ । बाध्यात्मक वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई सीपमूलक तालिम, वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सजालन गरिने छ।

 

लामो समय वैदेशिक रोजगारीमा रही फर्किएका रिटनिहरुलाई सामाजिकीकरण गरी उनीहरुको सीपको सदुपयोग गर्न सीपको आधारमा क्षेत्रगत सूची (Sectorial Roster) तयार गरिनेछ। विदेशमा सिकेको सीप उपयोग गर्न "सीपको सम्मानः आयमा रुपान्तरण' र 'श्रमको सम्मान हाम्रो अभियान" कार्यक्रम सञ्चालन गरिनेछ।

 

गरिव तथा विपन्न परिवार पहिचानको कार्य सम्पन्न गरी आ.व ०८१९०८२ भित्रमा परिचयपत्र वितरण गरिनेछ। गरिव, विपन्न लगायत आर्थिक रुपले पछाडि परेका परिवारलाई आयमूलक कार्यक्रममा आवद्व गरिनेछ। गरिव परिवार पहिचान गरी निजहरुका लागि Micro Insurance कार्यक्रम संचालन गरिनेछ ।

 

विपन्न परिवारलाई विद्युत मिटर उपलब्ध गराउन अनुदानको व्यवस्था मिलाईनेछ। सडकवतिको व्यवस्थापनको लागि वडा कार्यालय, टोल विकास संस्था र उपभोक्तालाई जिम्मेवार बनाइने छ। सोको कार्यविधि निर्माण गरी लागू गरिनेछ ।

 

सार्वजनिक निजी साझेदारीमा नगरक्षेत्रमा वैकल्पिक उर्जा विकासका लागि यसै अधिवेसनमा कानुनी व्यवस्था गरी साझेदारी मोडलमा नवीकरणीय उर्जा स्टेशन निर्माण कार्य अगाडि वढाईनेछ। नगरपालिका क्षेत्र भित्र विद्युतीय सवारी चार्जिङ्ग स्टेशन निर्माणको लागि आवश्यक व्यवस्था मिलाईनेछ ।

 

५. पर्यटन विकास तथा प्रर्वदन

 

गौरादह पोखरीको पुननिर्माण गरी यस क्षेत्रको पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ । रामचन्द्रे सिमसार, कृष्णेखोला सिमसार लगायतका नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गरिनेछ । नगरपालिका क्षेत्र भित्र रहेका हात्तिडुव्वा, वैराती जस्ता ऐतिहासिकता बोकेका स्थानहरुलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आवश्यक कार्य अगाडि बढाईनेछ ।

 

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न गौरादह नगरपालिका क्षेत्र भित्र संचालन हुने र स्थानीय उत्पादन उपयोग गर्न सामुहिक होमस्टे सुधारका लागि सहुलियत प्रदान गरिनेछ ।

 

स्थानीय स्तरका कला, संस्कृति, चाडपर्व भाषा, भेषभुषाको संरक्षण गरी आन्तरिक तथा वाह्य पर्यटनसँग आवद्व गरिनेछ। यसै वर्षमा नगर क्षेत्रमा आदिवासी जनजाति संग्रहालय निर्माणको प्रकृया प्रारम्भ गरिनेछ ।

 

६. भुमि व्यवस्था

 

• भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको समन्वयमा साविक महारानीझोडा स्थित जग्गा अभिलेखिकरण प्रकृया आगामी आ.व भित्रमा सम्पन्न गरिनेछ। भू-उपयोग नीति,१४ औ नगर अधिवेशनमा प्रस्तुत आ.व. ०८१९८२ को वार्षिक नीति तथा कार्यक्रम

 

२०७२ अनुरुप नगरपालिका क्षेत्र भित्रका जग्गा वर्गीकरण गरी जग्गा उपयोगलाई व्यवस्थित गरिनेछ ।

 

• सुकम्बासी र भूमिहिन परिवारको व्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा कार्यक्रम अगाडि वढाईनेछ ।

 

ग. सामाजिक विकास

 

१. शिक्षा, युवा तथा खेलकुद

 

• सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा नगरपालिका भित्र वसोवास गर्ने समाजका अग्रजहरुका बालवालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरी शिक्षण सिकाईमा प्रभावकारीता हासिल गर्दै सामुदायिक विद्यालय प्रतिको विश्वास वृद्वि गरिनेछ ।

 

नगरक्षेत्रमा स्थायी वसोवास गर्ने विपन्न परिवारको विद्यार्थी प्रावधिक शिक्षा तर्फ MBBS र BE लगायतका विषयमा उच्च शिक्षा अध्ययनका लागि नेपाल सरकारवाट स्वीकृत छात्रवृतिमा छनौट भएमा शर्सत प्रोत्साहन अनुदान उपलब्ध गराईनेछ ।

 

सुसंस्कृत नागरिक र संमृद्ध समाज निर्माण गरी शैक्षिक पहुँचलाई सर्वसुलभ तथा गुणस्तरीय वनाई अनिवार्य तथा निशुल्क आधारभूत शिक्षाका लागि बालमैत्री शिक्षण सिकाई वातावरण तयार गर्दै लगिनेछ ।

 

विद्यार्थीलाई अनुशासित एवम् नैतिक गुण सम्पन्न नागरिकका रुपमा तयार गर्न नेतृत्व विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ। बालविकास शिक्षालाई शिक्षाको पूर्वाधारका रुपमा स्थापित गर्न आधारभूत शिक्षामा गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि आवश्यक व्यवस्था गरिनेछ ।

 

नगरपालिकाबाट सञ्चालन हुने कक्षा ५ र ८ को वार्षिक परीक्षालाई निरन्तरता दिई परिक्षा र नतिजामा गुणस्तरीयता ल्याउने नीति लिइनेछ ।

 

दिवा खाजा कार्यक्रम थप प्रभावकारी बनाउन स्थानीय स्तरमै उपलब्ध खाद्य सामग्रीको प्रयोगलाई प्रोत्साहन गरिनेछ।

 

अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाका लागि भर्ना अभियान, अतिरिक्त कक्षा सञ्चालन, विद्यार्थी सहयोग जस्ता पक्षमा प्रोत्साहन तथा सहयोगमा आधारित कार्यक्रम सञ्चालन गरिनेछ । धार्मिक विद्यालयहरुलाई शैक्षिक मूल प्रवाहमा समाहीकरण गर्नुका साथै त्यस्ता विद्यालयको

 

भौतिक तथा शैक्षिक सुधार गर्ने नीति अवलम्बन गरिनेछ । विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना अभियान कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न स्थानीय संघ-संस्था, राजनैतिक

 

दल, सञ्चार माध्यम, सरकारी तथा गैर सरकारी निकाय समेत परिचालन गरिनेछ ।

 

नयाँ निर्माण हुने शैक्षिक संरचनाहरु बालमैत्री, अपाङ्गतामैत्री र प्रविधिमैत्री बनाइनेछ। यस अघि निर्माण भएका शैक्षिक संरचनाहरु समेत सुधार गर्दै लगिनेछ।

 

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यार्थीको उपस्थितिको आधारमा विद्यार्थी अभिभावक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।

 

• नगरमा सञ्चालित क्याम्पसहरुलाई संघीय तथा प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा थप सहयोगको नीति अवलम्बन गरिनेछ ।

 

१४ औ नगर अधिवेशनमा प्रस्तुत आ.व. ०८१९८२ को वार्षिक नीति तथा कार्यक्रम

 

विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गरी उनीहरुको सर्वाङ्गिण विकास गर्न अन्तर विद्यालय प्रतिभा पहिचान र खेलकुद कार्यक्रम संचालन गरिनेछ। "गुणस्तरीय शिक्षाको लागि खेलकुद" कार्यक्रम मार्फत शिक्षा र खेलकुदलाई आवद्व गर्दै लगिनेछ। नगरभित्रका सामुदायिक विद्यालयको खेलमैदानलाई थप व्यवस्थित गर्दै लगिनेछ ।

 

अभिभावकविहिन भई अभिभावकत्व गुमाएका बालबालिकाहरुको शैक्षिक पहुँचको सुनिश्चितता गर्न संरक्षकत्वको व्यवस्था मिलाउन पहल गरिनेछ ।

 

सामुदायिक विद्यालयका बालशिक्षक तथा कर्मचारीहरुलाई नेपाल सरकारले तोके बमोजिम सुविधा प्रदान गर्न आवश्यक स्रोतको व्यवस्था गर्दै लगिनेछ।

 

बैकल्पिक माध्यमबाट शिक्षण सिकाईलाई प्रभावकारी बनाउन शिक्षकहरुका लागि शिक्षण सिकाईमा आधारित ICT तालिमलाई निरन्तरता दिइनेछ ।

 

नगर भित्र सञ्चालित माध्यमिक तहका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एस.इ.इ.को नतिजामा अपेक्षाकृत सुधार गर्न अंग्रेजी, गणित र विज्ञान विषयमा कम्तिमा २ महिना निःशुल्क अतिरिक्त कक्षाको व्यवस्था गर्न विद्यालयलाई प्रोत्साहित गरिनेछ । विद्यार्थी संख्याका आधारमा तहगत र विषयगत शिक्षक दरवन्दी मिलानको कार्यलाई निरन्तरता

 

दिइनेछ । सबै सामुदायिक विद्यालयमा शिक्षकहरुको ई-हाजिरी अनिवार्य गरिनेछ।

 

सामुदायिक विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाइमा आधारित पाठ्यक्रम एवम् विद्यार्थी मूल्याङ्कन तालिम क्रमशः सञ्चालन गर्दै लगिनेछ ।

 

नगरपालिका भित्रका दलित, अपाङ्गता भएका, सिमान्तकृत, आर्थिक रुपले विपन्न विद्यार्थीको उच्च शिक्षामा पहुँच स्थापित गर्न छात्रवृतिको व्यवस्था गरिनेछ ।

 

नगरपालिका क्षेत्रभित्र अध्ययन गर्ने कक्षा ५, ८, SEE र १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत विद्यालयका १/१ जना छात्र र छात्रालाई सम्मान सहित पुरस्कृत गरिनेछ ।

 

विद्यालयमा जुनियर रेडक्रस सर्कल, बालक्लव र स्काउटलाई प्रभावकारी रुपमा परिचालन गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

 

नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत सबै विद्यालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालनमा एकरुपता ल्याउन नगर शैक्षिक क्यालेन्डर निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।

 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विषयगत विज्ञहरु (रोष्टर) सहितको विद्यालय सुपरीवेक्षण, अनुगमन, शिक्षकलाई प्राविधिक सहयोग, नमूना पाठ प्रदर्शन, पाठ्यक्रममा आधारित मूल्याङ्कन र आवश्यकताका आधारमा छोटो अवधिका तालिम सञ्चालनलाई निरन्तरता दिइनेछ ।

 

नगरमा CTEVT अन्तर्गत प्राविधिक धार सञ्चालित विद्यालयहरु क्रमशः भद्रकाली माध्यमिक विद्यालय, गौरादह-५ र डोरामारी माध्यमिक विद्यालय, गौरादह-४ लाई प्रदान गरिदै आएको अनुदानलाई निरन्तरता दिइने छ ।

 

गौरादह नगरपालिकामा स्थायी रुपमा बसोबास गर्ने जातजातिहरु मध्ये पहिलो जातिको पहिचान गर्न आवश्यक अध्ययन, अनुसन्धान गर्ने नीति अवलम्वन गरिनेछ ।

 

१४ औ नगर अधिवेशनमा प्रस्तुत आ.ब. ०८१९८२ को वार्षिक नीति तथा कार्यक्रम

 

• विद्यालयको भौतिक संरचना कमजोर भएका विद्यालयहरुलाई आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी भौतिक अवस्था सुधार गर्ने र घेरावारा नभएका विद्यालयहरुलाई घेराबाराको आवश्यक व्यवस्था मिलाउदै लगिनेछ ।

 

संघ र प्रदेश सरकारको समन्वय र सहकार्यमा यस आ.व.मा श्री डोरामारी माध्यमिक विद्यालय गौरादह-४, श्री गौरिया आधारभूत विद्यालय गौरादह-७, श्री जनज्योति माध्यमिक विद्यालय गौरादह-६ र श्री जनता आधारभूत विद्यालय गौरादह-६ मा भौतिक निर्माण गर्ने र आवश्यकता एवम् प्राथमिकताका आधारमा क्रमशः अन्य विद्यालयहरुलाई समेत यो कार्यक्रमलाई निरन्तरता दिइने छ ।

 

नगर भित्रका सबै संस्थागत विद्यालयमा अध्ययनरत आर्थिक रुपले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कार्यविधि बमोजिम छात्रवृतिको प्रभावकारी व्यवस्थापन गरिनेछ।

 

नगरका उत्कृष्ट शिक्षकहरुलाई कार्यसम्पादन र विद्यार्थीहरुले प्राप्त गरेको नतिजाका आधारमा पुरस्कृत गरिनेछ ।

 

गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत गौरादहमै स्थायी बसोबास गर्ने विपन्न परिवारका छोरी/बुहारीहरुलाई मासिक शुल्क सहयोग/छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ। यसलाई विद्यार्थीको उपस्थितिसँग आवद्व गरिनेछ ।

 

गौरादह नगर शिक्षा ऐन र गौरादह नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापकको नियुक्ति तथा निजको काम, कर्तव्य र अधिकार सम्बन्धी कार्यविधि, २०८० बमोजिम स्थायी नियुक्ति पाएका प्र.अ.हरुको लागि मासिक प्र.अ. भत्ताको व्यवस्थापन गरिनेछ ।

 

• खेलकुद कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित गर्न संघ र प्रदेशको समन्वय र सहकार्यमा रंगशाला निर्माणका लागि आवश्यक पहल गरिनेछ ।

 

जिल्ला स्तरमा खेलकुद प्रशिक्षणका लागि सबै पालिकाहरुको सहलगानीमा एकिकृत कोष स्थापना गर्न पहल कदमी लिइनेछ। गौरादह नगरपालिकालाई भलिबल खेलको आधारको रुपमा विकास गर्न आवश्यक व्यवस्था मिलाईने छ।

 

"सिकाईको न्यानो स्पर्स-सरोकारवाला सबैलाई मनोपरामर्श", "गौरादह विकासको आधार- प्राविधिक शिक्षाको सुधार", गौरादहका छोरी बुहारी-निःशुल्क लोकसेवा तयारी अवधारणा लागु गरिनेछ ।

 

२. स्वास्थ्य सेवा

 

स्वस्थ्य सेवामा नागरिक पहुँच विस्तार गर्ने गरी नीतिगत, कानुनी तथा संस्थागत सुद्रिढीकरण गरिनेछ ।

 

सुरक्षित मातृत्व सेवालाई थप प्रभावकारी बनाउन गौरादह नगर अस्पताल, स्वास्थ्य चौकी, आधाभूत स्वास्थ्य सेवा केन्द्रहरुमा पूर्व प्रसुति (Antenatal Care Visit) परीक्षणको व्यवस्था अनिवार्य गरिने छ साथै तीन पटकसम्म प्रसुति (Post Natal care Visit) सेवा घरघरमै निःशुल्क प्रदान गर्ने व्यवस्था गरिनेछ ।

 

गौरादह नगर अस्पतालवाट प्रदान गरिने प्रसुति सेवालाई थप प्रभावकारी वनाउन विशेषज्ञ सेवा संचालनका अतिरिक्त २४ सै घण्टा वर्थिङ सेन्टर संचालनलाई निरन्तरता दिईनेछ । घरमा हुने प्रसुतिलाई शुन्य अवस्थामा झार्नको लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन कार्यक्रमलाई १४ औ नगर अधिवेशनमा प्रस्तुत आ.व. ०८१९८२ को वार्षिक नीति तथा कार्यक्रम

 

भरपर्दो र नियमित बनाइनेछ। फोलिक एसिडको कमिको कारणले बच्चामा हुने अपाङ्गता (Birth Defects) लाई रोकथाम गर्न गर्भवती आमाहरुलाई निशुल्क रुपमा फोलिक एसिड वितरणलाई निरन्तरता दिईनेछ।

 

स्वास्थ्य संस्थामा गर्भ परीक्षण प्रोटोकल अनुसार ८ पटक गर्भ परीक्षण गर्ने सुत्केरी आमाहरु लाई "सुत्केरी पोषण खर्च" कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

 

• गर्भवती आमा, वालवालिका तथा किशोरीहरुमा हुने कुपोषण रोकथामको लागि पोषण विशेष तथा बहुक्षेत्रीय पोषण कार्यक्रम संचालन गरिनेछ ।

 

पाँच वर्ष मुनिका वालवालिकाहरुलाई पूर्णखोप लगाउनको लागि स्वास्थ्यकर्मीहरु परिचालन गरी पूर्णखोपयुक्त नगरपालिका सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था गरिनेछ ।

 

"क्षयरोग मुक्त नगरपालिका" कार्यक्रम संचालनको लागि संघीय सरकार तथा प्रदेश सरकारको सहकार्यमा थप प्रभावकारी कार्यक्रम संचालनको लागि आवश्यक वजेट व्यवस्था गरिनेछ ।

 

• कुष्ठरोग नियन्त्रणको लागि कुष्ठरोगीहरुको घर घरमा खोजी गर्न तथा रोकथामको लागि LPEP (Leprosy Post-Exposure Prophylaxis) कार्यक्रम संचालन गरिनेछ ।

 

युवा तथा जेष्ठ नागरिकहरुमा बढ्दै गएको गैर संक्रामक रोग (Non Communicable Disease) रोकथाम तथा नियन्त्रणको लागि सबै वडाहरुमा "तपाईको स्वास्थ्य अवस्था जान्नुहोस" घरदैलो कार्यक्रम संचालन गरिनेछ। जेष्ठ नागरिकहरुलाई प्रदान गरिएको निशुल्क स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी वनाईनेछ ।

 

गैर संक्रामक रोग, मधुमेह र उच्च रक्तचाप भएका विरामीहरुलाई निःशुल्क मेटफर्मिन ५०० एम. जी. र एमलोडिपिन ५ एम.जी. औषधी स्वास्थ्य संस्थाबाट वितरणको लागि बजेट व्यवस्था गरिनेछ ।

 

सक्षम स्वास्थ्यकर्मीहरु मार्फत गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

 

गौरादह नगर अस्पतालमा गुणस्तरीय तथा प्रभावकारी अन्तरङ्ग सेवा संचालन गरिनेछ। यसका लागि आवश्यक साधन श्रोतको व्यवस्था गरिनेछ। अस्पतालमा हाल प्रदान गरिदै आएको विशेषज्ञ सेवालाई अझ विस्तार गरी नगर अस्पतालवाट प्रदान गरिने सेवामा थप प्रभावकारीता हासिल गरिनेछ। गौरादह नगर अस्पतालको भवन निर्माण कार्यको लागि संघीय सरकारसँगको सहकार्यमा आ.व. ०८१९०८२ वाट नयाँ भवन निर्माण कार्य प्रारम्भ गर्न पहल गरिनेछ। गौरादह नगर अस्पताललाई स्वायत संस्थाको रुपमा विकास र संचालन गर्न आवश्यक कानुन निर्माण गरिनेछ ।

 

उपेक्षित उष्ण प्रदेशीय रोगहरु (Neglected Tropical Disease) मध्ये हात्तिपाईले, कालाजार, कुष्ठरोग, डेंगु र रेविज जस्ता रोगहरु नियन्त्रण तथा रोकथामको लागि विभिन्न कार्यक्रम संचालन गरिनेछ ।

 

स्वास्थ्य बीमा कार्यक्रममा बीमित भई अन्य अस्पतालमा प्रथम सेवा केन्द्र भएका गौरादह नगरपालिका वासी नागरिकको प्रथम सेवा केन्द्र गौरादह नगर अस्पतालमा सार्नको लागि आवस्यक व्यवस्था मिलाईनेछ ।

१४ औ नगर अधिवेशनमा प्रस्तुत आ.व. ०८१९८२ को बार्षिक नीति तथा कार्यक्रम

 

उच्चस्तरीय स्वास्थ्य उपकरण थप गरी गौरादह नगर अस्पतालले प्रदान गर्दै आएको ल्याव परीक्षण सेवाको विस्तार गरी परीक्षण सेवा प्रभावकारी बनाउदै नगर अस्पतालबाट हुने स्वास्थ्य उपचारलाई विश्ववास योग्य र गुणस्तरयुक्त बनाईनेछ। नगर अस्पताललाई आम नागरिकको भरोसायोग्य स्वास्थ्य संस्थाको रुपमा विकास गरिनेछ।

 

महिला समुदायिक स्वास्थ्य स्वयं सेविकाहरुबाट प्रदान गरिने सेवालाई सहज तथा प्रभावकारी वनाउन हाललाई "एक स्वयमसेविका-एक साइकल" कार्यक्रम संचालन गरिनेछ ।

 

सेवा निवृत महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको सम्मानजनक विदाईको लागि अवकास हुँदाको समयमा जनही रु एक लाख राशीको सम्मान सुविधा उपलब्ध गराइनेछ। सो सम्मान अवकास पश्चात नगदै प्रदान गरिनेछ ।

 

किशोर-किशोरीहरुमा बढ्‌दै गएको लागु पदार्थ दुर्व्यसनलाई रोकथाम गर्न गौरादह नगरपालिका भित्र संचालित नगर अस्पताल तथा औषधी पसलहरुमा मनोदिपक औषधी विक्री वितरण गर्दा मनोचिकित्सकको पुर्जा (Prescription) अनुसार मात्र बिक्रि वितरणको लागि औषधि व्यवस्था विभागले निर्धारण गरेको लगबुक उपलव्ध गराइनेछ। साथै, औषधी पसलले मासिक रुपमा मनोदिपक औषधिहरुको आपूर्ति तथा बिक्री वितरणको अभिलेख र चिकित्सकको पुर्जाको प्रतिलिपि सहितको प्रतिवेदन नगर स्वास्थ्य शाखामा पेश गर्ने बाध्यकारी व्यवस्था गरिनेछ ।

 

खोप तथा गाउँघर क्लिनिक कार्यक्रम प्रभावकारी बनाउन खोप केन्द्रको भवन निर्माणका लागि आवश्यक कार्य प्रारम्भ गरिनेछ ।

 

पाठेघरको मुखको क्यान्सर पत्ता लागाउन Visual Inspection with Acetic Acid (VIA) परीक्षण सेवा गौरादह नगर अस्पताल, महारानीझोडा स्वास्थ्य चौकी, कोहवरा स्वास्थ्य चौकी, जुरोपानी स्वास्थ्य चौकी र बैगुनधुरा स्वास्थ्य चौकीबाट प्रदान गर्ने व्यवस्था गरिनेछ ।

 

विद्यालय भर्ना प्रकृयामा खोप कार्ड अनिवार्य गरिनेछ ।

 

वैकल्पिक चिकित्सा र होमियोपेथिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि आवश्यक व्यवस्था गरिनेछ ।

 

स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रवाटै मधूमेह परीक्षण गर्ने व्यवस्था

 

मिलाईनेछ। स्वास्थ्य संस्थाहरुको भवन मर्मतका लागि आवश्यक व्यवस्था मिलाईनेछ । • वैगुनधुरा आयूर्वेद औषधालयवाट विशेषज्ञ आयूर्वेद चिकित्सा सेवा उपलब्ध गराउने व्यवस्था मिलाईने छ। साथै, नागरिक आरोग्य सेवा क्लिनिक कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

 

• कृषकहरुको आर्थिक सवलीकरणका लागि अगुवा कृषकहरुलाई जडिवुटी खेति सम्वन्धी अभिमूखिकरण गराउने व्यवस्था गरिनेछ । गैर संक्रामक रोग व्यवस्थापनको लागि स्वास्थ्य जीवन शैली व्यवस्थापन सम्वन्धी सचेतना तथा अभियान मुलक कार्यक्रम "मेरो स्वास्थ्य, मेरो जिम्मेवारी" संचालन गरिनेछ।

 

३. खानेपानी तथा सरसफाई

 

नगरपालिका क्षेत्रमा संचालनमा रहेका खानेपानी आयोजनाको प्रभावकारी व्यवस्थापना, आवश्यकता अनुसार नयाँ खानेपानी आयोजना पहिचान, विकास, विस्तार र सुधार गरी आगामी तीन वर्ष भित्रमा नगर क्षेत्रमा पूर्ण एवम् गुणस्तरीय खानेपानी वितरणको सुनिश्चितता गरिनेछ।

 

१४ औ नगर अधिवेशनमा प्रस्तुत आ.व. ०८१९८२ को बार्षिक नीति तथा कार्यक्रम

 

विपन्न परिवारलाई खानेपानी मिटरमा अनुदान दिने व्यवस्था गरिनेछ।

 

नगरपालिका क्षेत्रलाई सुन्दर नगर निर्माणका लागि नगरक्षेत्रवाट फोहोर संकलन कार्यलाई व्यवस्थित गरीनेछ। प्रविधिको उपयोग गरी फोहोरमैला प्रशोधन गर्न फोहोरमैला उत्सर्जन केन्द्रलाई सुरक्षित र व्यवस्थित गर्दै लगिनेछ।

 

४. महिला, बालबालिका तथा जेष्ठ नागरिक

 

नगरपालिका भित्र बसोबास गर्ने महिला अति पिछडिएको जातजाति समूदायलाई क्षमता अभिवृद्धि कार्यक्रमहरु संचालन तथा आयमूलक सीप प्रदान गरी आय आर्जनमा जोडिने छ। प्रदेश सरकार, करुणा फाउण्डेसन, नेपाल लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम संचालन गरिनेछ ।

 

सीपमूलक तालिम पश्चात उत्पादित बस्तु तथा सेवाको बजारीकरण गर्न कोसेली घर संचालनको लागि साझेदारी संस्था सगँ समन्यव गरिनेछ ।

 

अपाङ्गताको बर्गिकरण बमोजिम "ग" र "घ" बर्गको अपाङ्गता भएको व्यक्तिहरुको स्वास्थ्य बीमा गर्दा लाग्ने वीमा शुल्कमा अनुदान दिने नीति लिइनेछ ।

 

महिलाहरुलाई प्रविधि सहितको सीपमूलक तालिमको व्यवस्था गरी आत्मनिर्भर तथा स्वरोजगार बन्न प्रेरित गरिनेछ । नमूना महिला उद्यमी पहिचान गरी सम्मान गरिने छ। आदिबासी, जनजाती, मदेशी, मुस्लिम, दलित, पिछडा बर्ग, विपन्न र महिलाहरुको लागि आवश्यकता

 

अनुसार लोक सेवा तयारी कक्षा संचालन गरिनेछ । बालमैत्री नगर घोषणासँग सम्बन्धित कार्यक्रमहरु प्राथमिकताका साथ संचालन गरिनेछ। लैङ्गिक उत्तरदायी बजेट परीक्षण गरी लैङ्गिक मैत्री कार्यक्रम कार्यान्वयन गरिनेछ।

 

लैङ्गिक हिंसा मुक्त नगरपालिका निर्माणका लागि सचेतनामूलक कार्यक्रम तथा अभियान संचालन गरिनेछ ।

 

विपन्न (आदिबासी, दलित, अपाङ्गता, जनजाती, मुस्लिम, पिछडा बर्ग, महिलाहरु) को वडागत समूह गठन गरी जिवनस्तर वृद्धि गर्ने कार्यक्रमहरु संचालन गरिनेछ ।

 

नगर भित्र बसोवास गर्ने जेष्ठ नागरिकलाई सम्मान गर्न आवश्यक व्यवस्था गरिनेछ । जेष्ठ नागरिकहरुको अनुभव र ज्ञानलाई माध्यमिक तहका विद्यार्थीहरुसँगको अन्तरक्रिया मार्फत अन्तर पुस्ता ज्ञान हस्तानतरण कार्यक्रम संचालन गरिनेछ।

 

स्थानीय सरोकारवाला संस्थाहरु समेतको समन्वयमा विद्यार्थीहरुलाई सहभागी गराई बाल विवाह तथा लागू पदार्थ तथा दुर्व्यसनी विरुद्ध सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।

 

• लुथरन सामुदायिक कल्याण समाजसगँको लागत साझेदारीमा सन्थाल र मुसहर समुदायका बालवालिका तथा महिलाहरुको जिविकोपार्जन कार्यक्रम संचालन गरिनेछ ।

 

स्थानीय जेसिस, लायन्स क्लव, स्काउट, रेडक्रससँगको सहकार्यमा सामजिक सचेतना जस्ता कार्यक्रमहरु गरिनेछ ।

 

घ. वन, वातावरण, विपद तथा फोहोरमैला व्यवस्थापन

 

• विपद् व्यवस्थापनका लागि विपद् प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयन गरिनेछ । विपद् व्यवस्थापन कोषमा आवश्यक रकम व्यवस्था गरिनेछ। वडा कार्यालयका लागि विपद् १४ औ नगर अधिवेशनमा प्रस्तुत आ.व. ०८१९८२ को वार्षिक नीति तथा कार्यक्रम

 

व्यवस्थापन शिर्षकमा विनियोजित रकमको साट्ठी प्रतिशत रकम विपद् उद्दार कार्याका लागि उपयोग गर्ने र चालीस प्रतिशत रकम वातावरण संरक्षण तथा वृक्षरोपण कार्यका लागि उपयोग गर्ने नीति अवलम्बन गरिनेछ।

 

वाढिबाट हुने कटान डुवान र आगलागी जस्ता प्रकोपबाट सुरक्षित रहन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र पूर्व सावधानीका उपायहरु अवलम्बन गरिनेछ ।

 

रतुवा खोला, चान्दु खोला, रामचन्द्रे, गौरीया, कृष्णे र कमलवाट हुने प्रकोप र कटान रोकथामको लागि संघीय सरकार र प्रदेश सरकारका मन्त्रालय तथा विभागसगँ समन्वय र सहकार्यमा कार्यक्रम संचालन गरिनेछ ।

 

नदी उकास भएका जग्गाहरुमा वृक्षारोपण लगायत उत्पादनमूलक कार्यक्रम सञ्चालन गरी कटान नियन्त्रण तथा उत्पादनमा वृद्वि गर्ने नीति लिईनेछ। नगरपालिकामा क्षेत्र भित्र सडक निर्माण गर्दा बाटोमा दुवै पट्टि स्थानीय बासिन्दाहरुले संरक्षण गर्ने गरी वृक्षारोपण कार्यक्रम संचालन गर्ने नीति लिईनेछ। नगरपालिका परिसर, वडा कार्यालय तथा नगरका प्रमुख वजार क्षेत्रका सडक किनारामा सौन्दर्यता वढाउन स्थानीयसँगको सहकार्यमा "म सजाँउछु मेरो नगर" का लागि फलफुलका विरुवा रोपिनेछ ।

 

जलाधार क्षेत्रको संरक्षणका लागि प्राकृतिक पोखरी संरक्षण र वृक्षारोपणलाई प्रोत्साहन गरिनेछ ।

 

लाहा खेति र जडिबुटी खेति र नगदे बाली खेतिलाई प्रोत्साहन गरिनेछ ।

 

• प्लास्टिकजन्य झोला प्रयोगमा मापदण्ड निर्धारण गरी व्यवस्थापन गरिनेछ। नगरक्षेत्रलाई सुन्दर बनाउन विद्युत, टेलिफोन ईन्टरनेट केवल टिभी लगायतका तार व्यवस्थित गराउन आवश्यक व्यवस्था गरिनेछ ।

 

जैविक विविधता संरक्षण, जलवायु परिवर्तन र जल उत्पन्न प्रकोप नियन्त्रण जस्ता कार्यक्रमहरु संचालन गरिनेछ ।

 

आपतकालिन उद्धार तथा राहतका लागि आवश्यक सामाग्रीको अग्रिम भण्डारणको व्यवस्था गरिनेछ। प्रकोपको समयमा सरोकारवाला, सरकारी एवम् गैरसरकारी निकाय र स्थानीय संघ संस्थासँग समन्वय गरी उद्धार, राहत अस्थायी वसोवासको व्यवस्था गरी पुनर्स्थापनामा सहजीकरण गरिनेछ। प्रकोप उद्धार, व्यवस्थापन तथा सचेतना कार्यक्रम संचालन गर्न अवश्यक स्वयम सेवक जनशक्ति तयार गरी परिचालन गरिनेछ ।

 

फोहोरलाई स्रोतमा नै जैविक तथा अजैविक बर्गीकरण गर्न टोल विकास संस्था तथा समुदाय स्तरमा कार्यक्रम संचालन गरिनेछ। जैविक फोहोरलाई प्रांगारिक मल वनाउने तालिम प्रदान गरी फोहोर उत्सर्जन न्यून गरिनेछ ।

 

ङ. सुशासन तथा सार्वजनिक सेवा प्रवाह र क्षमता विकास

 

पालिकाको संगठन संरचना छरितो र प्रविधिमैत्री बनाउदै लगिनेछ। कार्यचापका आधारमा

 

जनशक्ति व्यवस्थापन गर्दै प्रविधिमैत्री सेवा प्रवाह प्रणालीको विकास गरिनेछ। आन्तरिक नियन्त्रण प्रणाली सवलिकरण गरी नगरपालिका र मातहतका कार्यालयबाट प्रवाह गरिने सेवालाई मितव्ययी, पारदर्शी र गुणस्तरयुक्त बनाउदै लगिनेछ ।

 

१४ औ नगर अधिवेशनमा प्रस्तुत आ.व. ०८१९८२ को वार्षिक नीति तथा कार्यक्रम

 

नगर भित्रका सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थामा कार्यरत कर्मचारी एवम् शिक्षकहरुको कार्यसम्पादनमा नियमितता कायम गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।

 

नगर भित्रका सार्वजनिक सम्पतिको पहिचान, सिमाङ्कन, अभिलेखीकरण र संरक्षणका लागि आवश्यक व्यवस्था गरिनेछ।

 

नगरपालिका क्षेत्रभित्रका आपूर्तिकर्ता, सेवाप्रदायकहरु लगायत सबै प्रकारका व्यापार व्यवसाय उद्योगहरुले अनिवार्यरुपमा व्यवसाय दर्ता एवम अभिलेखिकरण गर्नुपर्ने व्यवस्थामा कडाई गरिनेछ। नगरपालिकाको कार्यालय वा वडा कार्यालयबाट कुनै पनि रकम भुक्तानी गर्दा चालू आ.व. का लागि व्यवसाय दर्ता, नवीकरण र नगरपालिकालाई तिर्नु बुझाउनुपर्ने सबै दायित्व पूरा गरे पश्चात मात्र भुक्तानी दिने व्यवस्था लागू गरिनेछ। यस नगरपालिका बाहिरका आपूर्तिकर्ता/सेवा प्रदायकहरु लगायत सबै प्रकारका व्यवसाय एवम् उद्योगहरुलाई भुक्तानी/सिफारिस/नियुक्त गर्नु पूर्व अनिवार्य रुपमा सूचीकृत हुनुपर्ने व्यवस्था लागू गरिनेछ।

 

आवश्यकता अनुसार स्थानीय सेवा ऐन, नियम तथा कार्यविधि निर्माण गरिनेछ र मौजुदा ऐन नियम तथा कार्यविधिलाई समयानुकूल संशोधन एवम् परिमार्जन गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

 

अनुगमन तथा मूल्याङ्कन प्रकृयालाई योजनावद्व तालिका निर्माण गरी कार्यान्वयन मार्फत नतिजामा गुणस्तरीयता कायम गरिनेछ ।

 

• कर्मचारीहरुको मनोवललाई उच्च बनाई कार्यसम्पादनलाई प्रभावकारी बनाउन कोशी प्रदेश सरकारवाट निर्धारण गरिएको मापदण्ड बमोजिम कर्मचारीहरुलाई खाजा खर्च वापतको रकम उपलब्ध गराउन आवश्यक वजेटको व्यवस्था गरिनेछ ।

 

नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य कार्यालयहरुको संस्थागत क्षमता विकास र जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

 

टोल विकास संस्थाहरुलाई व्यवस्थित गरी अनुगमन मूल्याङ्कन कार्यमा टोल विकास संस्था, जनप्रतिनिधि तथा स्थानीय नागरिकको समेत परिचालन गरी नतिजा प्राप्तिमा सुनिश्चितता गरिनेछ ।

 

वडा स्तरमा गुनासो सुनुवाई र टोल टोलमा नागरिकसँग जनप्रतिनिधि कार्यक्रम संचालन गरिनेछ। "नगरस्तरमा सम्पादन गरिएका कार्य र नयाँ योजना कार्यान्वयनमा देखिएका चुनौती तथा आगामी गन्तब्य" विषयमा स्थानीय रेडियोमा "नगरवासीसँग जनप्रतिनिधि" कार्यक्रम सञ्चालन गरिनेछ ।

 

गौरादह नगरपलिकाले आफ्नो क्षेत्रभित्र रहेका सञ्चार माध्यमहरुलाई व्यवस्थित बनाइनेछ । आमसञ्चार माध्यम मार्फत नगरपलिकाको गतिविधि सार्वजनिक गर्नका लागि नगरपलिकाले आफ्नै आम सञ्चार ऐन, नीति, कार्यविधि निर्माण गरी लागू गर्ने नीति लिईनेछ। नगरपालिकावाट प्रवाह हुने लोककल्याणकारी प्रकृतिका सूचना प्रवाह गरी नगरवासीलाई सुसूचित गर्ने कार्यका लागि स्थानीय छापा, विद्युतीय तथा अनलाईन संचार माध्यमलाई प्रोत्सहान गरिनेछ। स्थानीय स्तरका संञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यक व्यवस्था गरिनेछ। साथै, छिमेकी पालिकाहरु र सरोकारवालाहरु समेतसगँको समन्वयमा संचार प्रतिष्ठान गठन तथा सञ्चालन गर्ने नीति लिईनेछ ।

 

१४ औ नगर अधिवेशनमा प्रस्तुत आ.व. ०८१९८२ को बार्षिक नीति तथा कार्यक्रम

 

उपभोक्ता सचेतना शिक्षालाई वडास्तरमा अभियानको रुपमा सञ्चालन गरिनेछ

 

। • सूचना सञ्चारको पहुँच नपुगेका स्थानमा पहुँच विस्तार तथा गुणस्तर कायम गर्न सेवा प्रदायकको संरचना विस्तारका लागि आवश्यक पहल गरिनेछ ।

 

• स्थानीय तहका महिला तथा लक्षित समूहका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ। गौरादह नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुमा सामाजिक सचेतनामूलक होडिङ बोर्ड राखिनेछ ।

 

• सेवाग्राहीको गुनासोको उचित सम्बोधन गर्न गुनासो पोर्टलको निर्माण गरिनेछ ।

 

कर्मचारीहरुको लागि क्षमता विकास सम्बन्धी विभिन्न तालिम कार्यक्रम संचालन गरिनेछ ।

 

कार्यसम्पादनको आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने एक जना कर्मचारीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिनेछ। नगरपालिका र मातहतका कार्यालयहरुमा नागरिक वडापत्रलाई अनिवार्य गरिनेछ ।

 

नगरपालिका अन्तर्गत रहने विषयगत शाखा कार्यालयहरु, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु तथा सामुदायिक विद्यालयहरुलाई एकिकृत गरी एक द्वार ईन्टरनेट प्रणालीमा आवद्व गरिनेछ । नगरपालिका भित्र सूचना भण्डारण स्थलको निर्माण र सवलीकरण गरिनेछ ।

 

नगर तथा वडा कार्यालय क्षेत्र भित्र सुरक्षा वढाउन सामुदायिक विद्यालयहरुलाई नगर वाटै Monitoring गर्न थप स्थानहरुमा आवश्यक पूर्वाधार जडान गरिनेछ ।

 

नगरबासीहरुलाई निशुल्क ईन्टरनेट सेवा उपलब्ध गराउन नगर क्षेत्रका विभिन्न स्थानमा Free Internet Zone तयार गरी सेवा उपलब्ध गराईनेछ ।

 

नेपाल सरकारको निर्णय अनुसार आगामी आर्थिक वर्षको श्रावण देखी राष्ट्रिय परिचयपत्र (NIN नं) मा आधारित Biometric Verification सहित सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता तथा नवीकरणको कार्यलाई सरल तथा सहज वनाईनेछ ।

 

व्यक्तिगत घटना घटेको ३५ दिन भित्र घटना दर्ता गरी राज्यबाट प्राप्त गर्ने सेवा प्राप्तिको कानुनी आधार तय गर्न प्रविधिको प्रयोग गरी अनलाईन प्रणालि मार्फत घरैबाट सूचना फारम भर्ने तथा प्राप्त कुपनका आधारमा सम्बन्धित वडा कार्यालयबाट सहजै सेवा प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाईनेछ ।

 

EFT(Electronic Fund Transfer) मार्फत सामाजिक सुरक्षा भत्ता सोझै लाभग्राहीको खातामा जम्माहुने गरी सहज वितरणको व्यवस्थालाई थप सरलीकरण गरिनेछ ।

 

न्यायिक समितिबाट सम्पादन हुने कार्यहरुका लागि थप प्रभावकारी बनाइनेछ। न्यायिक समिति र वडास्तरको मेलमिलाप केन्द्रको क्षमता अभिवृद्वि गर्न कार्यमूलक कार्यक्रम संचालन गरिनेछ ।

 

न्यायिक सम्पादन कार्यमा थप प्रभावकारिता हासिल गर्दै कानून, न्याय तथा मानव अधिकारका क्षेत्रको संस्थाको रुपमा समेत विस्तार गरिनेछ। छिटो सुनवाईवाट मुद्धाको किनारा लगाउन लाग्ने समय घटाइ छरितो न्यायको प्रत्याभूति प्रदान गरिनेछ।

 

• न्याय सम्पादनलाई विधिमा आधारित स्वच्छ तथा पारदर्शी वनाई न्याय प्राप्तिको अनुभूति

 

दिलाउन न्यायिक समिति, न्यायिक शाखा तथा वडा मेलमिलाप केन्द्रलाई अझ वढी स्वतन्त्र दवाव रहित र प्रभाव बाट मुक्त पारिनेछ ।

 

१४ औ नगर अधिवेशनमा प्रस्तुत आ.ब. ०८१९८२ को बार्षिक नीति तथा कार्यक्रम

 

गौरादह नगरपालिकाको चौधौं नगर अधिवेशनामा नगर प्रमुख श्री छत्रपति सुवेदीले प्रस्तुत गर्नुभएको आ.व ०८१९०८२ को वार्षिक नीति तथा कार्यक्रम

 

नगरसभाका सदस्य ज्यूहरु,

 

संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भए पछि स्थानीयतहको दोस्रो निर्वाचनबाट निर्वाचित गौरादह नगरपालिकाका हामी निर्वाचित जनप्रतिनिधिहरुले दुई वर्ष पार गरी १४ औ नगर अधिवेशनमा उपस्थित भएका छौ।

 

यस अवसरमा म हाम्रो मुलुकको लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहिदहरु प्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दछु। हामीलाई गौरादह नगरको विकास र समृद्धिका लागि जिम्मेवारी प्रदान गर्नुहुने गौरादहवासी जनसमुदाय प्रति पुनः हार्दिक आभार व्यक्त गर्दै नगर सभाका सबै सदस्यहरुलाई हार्दिक स्वागत गर्दछु ।

 

मूलुक आर्थिक संकट वाट नियमित लय तर्फ फर्कदै गएको र आर्थिक क्रियाकलापले गति लिदै गरेको अवस्थामा गइरहेको र हाम्रो नगरपालिकामा समेत यसको सकरात्मक प्रभाव देखिएको छ। वर्तमान अवस्थामा अझ उठाउनुपर्ने दायित्व हाम्रो काधमा रहेको विषयलाई गम्भिर रुपमा बोध गरेकोछु। सोहि घरातालमा उभिएर १४ औ नगरसभाको अधिवेशनमा उपस्थित भई आ.व ०८१९०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा यसको पृष्टभूमि र चालु आ.वको हाल सम्मको अवस्था विवेचन गर्न सान्दर्भिक ठान्दछु।

 

हामी निर्वाचित भएर आएको पहिलो बर्ष बाटै नगरपालिकालाई योजनावद्व ढगंवाट संचालन गर्ने नीति अनुसार स्रोत साधन परिचालन गर्दा सबै पक्ष र क्षेत्रको समानुपातिक, समन्यायिक र दिगो विकास उन्मुख परिचालन गरिएको छ। अल्पकालिन वितरणमुखी भन्दा परिणाममुखी र जनताको सीप तथा क्षमता विकासका क्षेत्रमा कार्यक्रम संचालन गर्ने प्रयासका बावजुद पूर्व अपेक्षित नतिजा प्राप्तिमा अझै थप प्रयत्न गर्नुपर्ने देखिएको छ।

 

नगरसभाका सदस्यज्युहरु,

 

चालु आ.व ०८०९०८१ को बजेट नीति तथा कार्यक्रमको छोटो समिक्षा गर्न चाहन्छु।

 

चालु आ.व का लागि १३ औ नगर सभावाट संसोधन भई स्विकृत अनुमानित बजेट ८० करोड ७९ लाख २७ हजार रहेकोमा संघिय तथा प्रदेश सरकारको विषयगत सर्शत अनुदानमा थप भई पनि वि.स. २०८० आषाढ ५ गते सम्म मसान्त सम्ममा ८२ करोड ४२ लाख ५९ हजार २ सय ४६ रुपैया ०६ पैसा हुन पुगेको देखिन्छ भने खर्चको प्रतिशतलाई हेर्दा कुल खर्च प्रतिशत ६५.२ प्रतिशत रहेको छ जस मध्ये पूजिगत खर्च ६०.६ प्रतिशत रहेको छ भने चालु खर्चको प्रतिशत ६७.९६ रहेको छ। चालु आ.व को अन्त्य सम्म कुल खर्च ८५ प्रतिशत भन्दा बढी हुने अनुमान गरेको छु।

 

नीति तथा व्यवस्था तर्फ चालु आ.व का नीतिहरु कार्यक्रमहरू आवधिक योजना, क्षेत्रगत तथा विषयगत रणनीतिसँग आवद्व गरी स्रोतको सुनिश्चितता गर्ने प्रयासलाई संस्थागत तथा प्रणालिगत रुपमा चालु आ.व मा गरिएको प्रयासले आगामि आ.व देखी अझ सकरात्मक परिणाम प्राप्त हुने आशा एवम् विश्वास लिएको छु। अब म आ.व ०८१९०८२ को बार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दा लिएका प्रमुख नीतिगत आधार र मार्ग

 

निर्देशन प्रस्तुत गर्न चाहन्छु । नेपालको संविधानले निर्देशित गरेको स्थानीय तहको काम कर्तव्य र अधिकार सम्बन्धी प्राथमिकताहरु,

 

स्थानीय सरकार संचालन ऐन, २०७४ का नीतिगत व्यवस्था र प्राधिकताका आधारहरु, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को नीतिगत व्यवस्था तथा प्राथमिकता,

 

१४ श्री नगर अधिवेशनमा प्रस्तुत आ.व. ०८१९८२ को वार्षिक नीति तथा कार्यक्रम

 

न्यायिक कार्यहरुलाई वस्तुनिष्ठ अनुमान योग्य तथा विधिसम्मत तुल्याउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला अदालत झापा, लगायत अन्य कानुन न्याय तथा मानवअधिकारको क्षेत्रमा कार्य गर्ने निकायसगँको समन्वय मार्फत तालिम तथा अनुभव आदान प्रदान कार्यक्रम संचालन गरिनेछ।

 

न्यायिक समितिले किनारा र कारवाही गरेका मुद्दामामिलाले पारेको प्रभाव अध्यायन गरी आगामी दिनमा पालिकालाई सभ्य र शान्त बनाउने सन्दर्भमा देखापर्ने चुनौति तथा सो को समाधानका उपाय समेतको पुस्तिका प्रकाशन गरिनेछ ।

 

अर्धबार्षिक तथा बार्षिक रुपमा न्यायिक समिति तथा वडामा दर्ता र फौट भएका मुद्दाको अभिलेख व्यवस्थित गरिनेछ। प्रत्येक वडा कार्यालय र नगरपालिकामा मेलमिलापकर्ताको विवरण स्पष्ट देखिने गरी प्रकाशन गरिनेछ ।

 

न्यायिक निरुपणका लागि न्यायिक समिति समक्ष पेश हुने निवेदन दर्ता गर्दा तोकिए बमोजिम सेवा शुल्क लाग्ने व्यवस्था मिलाईनेछ। न्यायिक निरुपणका लागि उजुरी दर्ताका सम्बन्धमा बालबालिका (कानूनले बालबालिका भनि तोकेका), हिंसा पिडित, अशक्त तथा ७० बर्ष माथि उमेरका जेष्ठ नागरिकलाई निशुल्क सेवा उपलब्ध गराइनेछ।

 

न्यायिक समितिले गरेका निर्णय र मिलापत्र कार्यान्वयनमा प्रभावकारीता ल्याउन आवश्यक व्यवस्था मिलाइनेछ ।

 

नगर सभाका सदस्यज्यूहरु,

 

उल्लेखीत नीति तथा कार्यक्रमका मूलआधार र मार्गनिर्देशन अनुसार नै उपलब्ध र संभाव्य स्रोतसाधन अनुसारको बजेट तथा कार्यक्रम यसै नगर अधिवेशनमा पेश हुने व्यहोरा अनुरोध गर्दै यस नगरपालिकाको आ.व. ०८१९०८२ को बार्षिक नीति तथा कार्यक्रम पेश गरेकोछु।

धन्यवाद!!!

पेश गरेको मितिः २०८१९०३/०७ स्थानः गौरादह नगरपालिकाको कार्यालय गौरादह-झापा

प्रस्तुतकर्ताः-

छत्रपति सुबेदी नगर प्रमुख गौरादह नगरपालिका, गौरादह, झापा

 

Views: