d

सामाजिक सञ्जालमा भ्रम नछर्न  वडा कार्यालयको आग्रह 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२०८१ जेठ ३ 

पर्दाफास/ जेष्ठ ३१/झापा: झापाको कमल गाउँ पालिका वडा नम्बर ५ ले सामाजिक सञ्जालमा भ्रम नछर्न आग्रह गरेको छ । वडा कार्यालय भित्र निर्माणाधिन अवस्थामा रहेको वडा कार्यालयको पार्किङ स्थल तथा स्वास्थ्य भवन अगाडी छाना निर्माण योजनाको बारे कार्य सम्पन्न हुनु अगावै गलत मनसाय राखी टोल विकास संस्था जस्तो जिम्मेवार निकायको सदस्यबाट नै समाजिक संञ्जाल मार्फत भ्रम सिर्जना गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा वडाको गरिमा माथि प्रहार गरिएको आरोप लगाइएको छ । 
विज्ञप्तिमा अनावश्यक दुस्प्रचारको भ्रममा नपर्न समेत वडावासीलाई आग्रह गरिएको छ । 

यस्तो छ विज्ञप्ति


कमल गाउँपालिका ५ नं. वडा कार्यालय

पाडाजुगी, झापा कोशी प्रदेश, नेपाल

मितिः २०८१/२/३१

प्रेश विज्ञप्ती

यस वडा कार्यालय भित्र निर्माणाधिन अवस्थामा रहेको वडा कार्यालयको पार्किङ स्थल तथा स्वास्थ्य भवन अगाडी छाना निर्माण योजनाको बारे कार्य सम्पन्न हुनु अगावै गलत मनसाय राखी टोल विकास संस्था जस्तो जिम्मेवार निकायको सदस्यबाट नै समाजिक संञ्जाल मार्फत वडाको गरिमा साथै हामी जनप्रतिनिधिको नैतिकता माथि प्रश्न चिन्ह उठाउने उदेश्य राखी गलत दुष्प्रचार गरिएको प्रती वडा कार्यालय परिवारको गम्भिर ध्यानाकर्षण भएको छ । निर्माणधिन अवस्थामै रहेको, काम सम्पन्न नभइसकेको योजना बारे सम्वन्धित निकायमा सत्यतथ्य नै नबुझि गरिने यस्ता प्रकारका हर्कतले विशुद्ध प्रतिसोधले भरिएको कुष्ठित भावनाको उजागर भएको प्रष्ट छ । कोटेशन मार्फत संचालन भएको योजनाको सम्वन्धित निकायबाट आवश्यक कागजात सहित सत्यतथ्य उजागर गरि दोषी उपर कारवाही गर्नसक्ने बाटोलाई नजरअन्दाज गर्दै विशुद्ध प्रतिशोध साध्ने उद्धेश्य राखी गलत प्रचार नगर्न हामी सवैमा जानकारी गराउँदछौ । अन्यथा यस्ता प्रकारका भ्रामक प्रचार विरुद्ध कानुनी उपचार खोज्न वडा कार्यालय परिवार बाध्य हुने व्यहोरा जानकारी गराउदै सम्पूर्ण वडाबासी न्याय प्रेमी जनताहरुलाई यस्ता प्रकारका दुष्प्रचारको भ्रममा नपर्नुहुन हार्दिक अपिल गर्दछु 

लाल बहादुर बिष्ट

  वडा अध्यक्ष

Views: