d

जीवन चक्र समाजद्वारा ग्लोबल कलेजका विद्यार्थीहरु प्रशिक्षित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमक/ जीवन चक्र समाज नेपालले विद्यार्थी लक्षित सचेयनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।  दमक वडा ६ स्थित ग्लाेवल एजुकेशनल एकडेमीका विद्यार्थीहरुलाई संस्थाले सचेतना मुलक प्रशिक्षण प्रदान गरेको हो । 

कार्यक्रममा लागुऔषध र साइवर अपराध सँग सम्बन्धित सामाजिक समस्याका विषयमा विद्यार्थीहरुलाई जानकारी प्रदान गरिएको ग्लोबल कलेजका क्याम्पस प्रमुख गुणराज अधिकारीले बताए । 

कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक निसान थापा र आयोजक संस्था जीवन चक्र समाजका अध्यक्ष  डिल्ली प्रसाद अधिकारीले संयुक्तरूपमा गरेका थिए । 

ग्लाेवल एजुकेशनल एकाडेमी दमक  का प्राचार्य गुणराज अधिकारीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. ६ अध्यक्ष टेक बहादुर थापा, संस्था प्रतिनिधिहरु र शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Views: