d

जापान कराते दो गोजुरियो ओसिकाई संघको कोषाध्यक्षमा संचारकर्मी वाग्ले निर्वाचित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जापान कराते दो गोजुरियो ओसिकाई संघ नेपालको केन्द्रीय कोषाध्यक्षमा संचारकर्मी  सिर्जना वाग्ले निर्वाचित भएकी छन् । शनिवार काठमाडौँमा आयोजित  संघको १८ औं वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशनले संचारकर्मी वाग्लेलाई कोषाध्यक्ष पदमा  निर्विरोध निर्वाचित गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत  रास्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा रास्ट्रिय खेलकुद विकास नियमावली २०७८को परिच्छेद ६ को २२, साथै नेपाल कराते महासंघको संशोधित विधान २०७८ को परिच्छेद ७ को १५ को व्यवस्था अनुसार वाग्ले संघको कोषाध्यक्ष पदमा निवाचित भएकी हुन्।

त्यस्तै, संघको अध्यक्षमा प्रशान्त उप्रेती, उपाध्यक्षमा बाबुराजा महर्जन,रामकृष्ण श्रेष्ठ र दीपक राई, महासचिवमा डा. ओमकृष्ण प्रसाईं, सचिवमा सुरेन्द्र केसी लगायत १७ सदस्य निर्वाचित भएका छन् ।

कार्यक्रममा नेपाल  कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव तथा पूर्व सदस्य सचिव दावा गुरुङ लगायत अन्य थुप्रै करातेका हस्तीहरुको उपस्थिति रहेको थियो ।

Views: