d

सोतीगाउँ हत्याकाण्ड : सुर्खेत उच्च अदालतका न्यायाधीशबीच राय बाझियो

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं/सुर्खेत — रुकुम पश्चिमको सोतीगाउँमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत सुर्खेतका दुई न्यायाधीशको राय बाझिएको छ । उनीहरूबीच घटनामा मुछिएकी एक किशोरीलाई छाड्ने विषयमा भने मत मिलेको छ ।राय बाझिएको विषय निरूपणका लागि सुर्खेत उच्च अदालतकै अर्का न्यायाधीशको इजलासमा मुद्दा पेस हुनेछ । दुई न्यायाधीशको राय बाझिएको विषय तेस्रो न्यायाधीशको राय नआउन्जेल कार्यान्वयन हुँदैन ।रुकुम पश्चिम जिल्ला अदालतले घटनामा मुछिएका ३४ मध्ये २५ जनालाई पुर्पक्ष थुनामा पठाएको थियो । दुई नाबालकलाई यसअघि नै सुधारगृह पठाउन आदेश भएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध आरोपितहरू उच्च अदालत गएका थिए । आरोपितहरूको निवेदन सुनुवाइका क्रममा मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएको हो । मृतक नवराज विकसँग नाम जोडिएकी किशोरीलाई थुनामा नभई साधारण तारेखमा छाड्ने विषयमा भने दुवै न्यायाधीशको मत मिलेको हो ।
Views: