d

निजी विद्यालयको ‘शुल्क आतङ्क’: अनलाइन कक्षामा क्यान्टिन र बसभाडा समेतको बिल

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं । अनलाइन कक्षा सञ्चालन वैधानिक भएपछि निजी तथा संस्थागत विद्यालयको ‘शुल्क आतंक’ सुरु भएको छ । ठूला चाडबाड नजिकिँदै गर्दा अधिकांश विद्यालयले आफ्ना अभिभावकलाई वैशाखदेखिकै बिल धमाधम पठाउन थालेका हुन् । अनलाइन परीक्षा गर्ने भन्दै परीक्षा हुनुभन्दा अगाडि नै बिलबोजिमको शुल्क भुक्तानी गर्न फोन नै गरेर दबाब दिन समेत थालेका छन् । अभिभावकहरुलाई पठाउने गरेको बिलमा अधिकांश विद्यालयले शैक्षिक सत्रको सुरुदेखिको सबै शुल्कहरु जोड्ने गरेका छन् । मासिक शिक्षण शुल्कमात्रै होइन, विद्यार्थीले उपयोग नै नगरेको पुस्तकालय शुल्क, प्रयोगशाला शुल्क, स्कुल बसको भाडादेखि क्यान्टिनको शुल्क समेत जोडेर पठाउने गरेको पाइएको छ । विद्यालयको यस्तो हर्कतले महिनौँदेखि आम्दानी गुमाएका अभिभावकहरु भने ठूलो मारमा परेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि पठनपाठन सञ्चालन हुन नसकेको र तत्कालै कोभिडको अन्त्य हुने सम्भावना समेत नदेखिएको भन्दै शिक्षा मन्त्रालयले यस्तो व्यवस्था गरेको थियो । शैक्षिक सत्रलाई खेर जान नदिने उद्देश्यले मन्त्रालयले जारी गरेको सोही निर्देशिकाकै कारण विद्यालयले अभिभावकसँग असुली धन्दा चलाउने बाटो पाएका हुन् । सरकारले अनलाइन माध्यमबाट सञ्चालन हुने पठनपाठनलाई मान्यता दिने र त्यसबापत शुल्क समेत लिन पाउनेगरी निर्देशिका जारी गरेसँगै विद्यालयको त्यस्तो असुली सुरु भएको हो । भदौ ११ गते शिक्षा मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सहजीकरण निर्देशिका–२०७७’ लागु गरेको थियो । सो निर्देशिका कार्यान्वयनमा आएसँगै निजी विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन गरेर शुल्क लिने बाटो खुला भएको थियो । कोभिड–१९ का कारण लामो समयदेखि पठनपाठन सञ्चालन हुन नसकेको र तत्कालै कोभिडको अन्त्य हुने सम्भावना समेत नदेखिएको भन्दै शिक्षा मन्त्रालयले यस्तो व्यवस्था गरेको थियो । शैक्षिक सत्रलाई खेर जान नदिने उद्देश्यले मन्त्रालयले जारी गरेको सोही निर्देशिकाकै कारण विद्यालयले अभिभावकसँग असुली धन्दा चलाउने बाटो पाएका हुन् । अनलाइन कक्षा सञ्चालनसम्बन्धी सो निर्देशिकामा अनलाइन कक्षा सञ्चालन गर्न पाउने र त्योबापतको शुल्क स्थानीय तहले तोकेबमोजिम हुने व्यवस्था गरिएको छ । सोही व्यवस्थाकै आधारमा विद्यालयहरुले अघिल्लो वर्ष स्थानीय तहले तोकेको शुल्क असुल गर्न थालेका छन् । त्यसमा सबै प्रकारका शुल्कहरु समावेश गरिएका छन् । विद्यालयले बिल पठाउने मात्रै होइन परीक्षा हुनुभन्दा अघि बिल नतिरे विद्यार्थीलाई परीक्षामा सहभागी नै नगराउने भन्दै अभिभावकलाई धम्की समेत दिने गरेका छन् । विद्यार्थीको शैक्षिक सत्र नै खेर जाने डरले अभिभावकले त्यस्तो शुल्क तिरिरहेका छन् । यस्तो प्रवृत्ति सबै प्रकारका विद्यालयमा रहेको पाइएको छ ।
Views: