d

कोरानाबाट बच्ने केही घरेलु तरिका

Views:
Responsive Image Gallery
Responsive Image Gallery
नयाँ कोरोनाभाइरसले लगाउने रोग कोभिड–१९ को आंतक विश्वभरि व्याप्त छ । अहिले लाखभन्दा बढी संक्रमित भएका छन् भने को मृत्यु भइसकेको छ । संक्रमितमध्ये जति चाहिँ निको भएर घर फर्किसकेका पनि छन् । करिब तीन महिनाअघि अर्थात् गत वर्षको डिसेम्बरको अन्त्यतिर चीनको हुबेई प्रान्तको ऊहानबाट देखापरेको यो रोगको अहिलेसम्म कुनै उपचार पत्ता लागेको छैन । यतिखेर सारा विश्वजगत् यसको खोप र औषधि निर्माण एवं पत्ता लगाउने दौडमा छ । यतिखेर यो रोगको एउटै उपचार हो ः शरीरको रोग प्रतिरोधी क्षमता । अर्थात् जसको शरीरमा रोग प्रतिरोधी क्षमता बढी छ, उसलाई यो रोग लाग्ने सम्भावना कम छ, केही गरी लागिहालेमा पनि त्यस रोगले मारिहाल्दैन । केही दिनको लाक्षणिक उपचारहरु (त्यस भाइरसका कारण देखापर्ने समस्याहरुअनुसारको उपचार) तथा शरीरको रोग प्रतिरोधी क्षमताका कारण निको भइन्छ । तर जसको शरीरको रोगप्रतिरोधी क्षमता कमजोर छ, उसलाई यो भाइरसको संक्रमण छिटो हुने गर्छ र त्यस्ता मानिसहरुलाई संक्रमणले भेट्याएपछि स्थिति जटील बन्न पुग्छ र अन्ततः संक्रमित बिरामीको मृत्यु पनि हुन सक्छ । यस पृष्ठभूमिमा यो रोगबाट बच्ने अहिलेसम्मको सबैभन्दा उत्तम उपाय नै शरीरको रोग प्रतिरोधी क्षमता बढाउने नै हो ।
Views: