d

डी भिलियर्सको उत्कृष्ट ब्याटिङमा बेंगलोरले कोलकातालाई दियो १ सय ९५ रनको चुनौती

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को २८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सलाई १ सय ९५ रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले एवी डि भिलियर्सको उत्कृष्ट ब्याटिङमा २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल खडा गरेको हो । उक्त योगफल खडा गर्ने क्रममा एवी डिभिलियर्स ३३ बलमा ५ चौका र ६ छक्का सहित ७३ रनमा नटआउट रहे भने कप्तान विराट कोहली २८ बलमा १ चौका सहित ३३ रनमा अविजित रहे । कोहली र डी भिलियर्सले तेस्रो विकेटका लागि ४७ बलमा १ सय रनको साझेदारी गरेपछि बेंगलोरले कोलकातासामू बलियो चुनौती पेस गरेको छ । यस्तै पहिलो विकेटका लागि ओपनरद्वय देवदत्त पाडिक्कल र आरोन फिन्चले ६७ रनको साझेदारी गरेका थिए । पाडिक्कल ३२ रनमा आउट हुँदा फिन्च ४७ रनमा पेबिलियन फर्किए । फिन्चले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै कोलकाताका लागि आन्द्रे रसेल र प्रसिद्ध कृष्णाले एक एक विकेट लिएका थिए । बैंगलोर पाँचौ जितको खोजीमा छ भने कोलकत्ता पनि पाँचौ जितको खोजीमा छ । अघिल्ला ६ खेलमा बैंगलोरले ४ जितसहित ८ अंक जोडेको छ । यस्तै कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ ।
Views: