d

पन्जाबसँग कोलकाता २ रनले विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery
युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । आबुधाबीमा शनिबार भएको खेलमा कोलकत्ताले किङ्स इलाभेन पन्जाब २ रनले पराजित गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाब २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन समेटियो । कप्तान केएल राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको पराजित हुन पुग्यो । लोकेश राहुलले ७४ र अग्रवालले ५६ रन बनाएका थिए । यस्तै निकोलस पुरन १६ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल १० रनमा अविजित रहे । पन्जाब जितको नजिक पुगेर पनि अन्तिम चल्न नसकेपछि पराजित भयो । अन्तिम २ ओभरमा २० रन आश्यकता हुँदासम्म विकेट मात्र गुमाएको पन्जाबमाथि कोलकत्ताले २ रनले जित निकालेको थियो । कोलकत्ताका प्रशिद्द कृष्णले ३ विकेट लिए भने सुनिल नारिनले दुई विकेट हाथ पारे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । कप्तान दिनेश कार्तिक र सुभमन गिलको अर्ध शतकमा कोलकाताले उक्त रन बनाएको हो । कार्तिकले २९ बलमा ५८ रनको योगदान दिँदा गिल ४७ बलमा ५७ रन बनाए । ओईन मोर्गन २४, ओपनर राहुल त्रिपाठीलाई ४ रन र नितेश राणाले २ रन मात्र जोडे । आन्द्रे रसेल ५ रनमा आउट हुँदा प्याट कमिन्स ५ रनमा अविजित रहे । यस्तै पन्जाबका लागि रबि बिश्रोई ले १ विकेट लिए । यस्तै मोहम्मद शामी, अर्शदीप सिंहलेसमान एक एक १ विकेट लिएका थिए । यो जितसँगै कोलकाता ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा उक्लिएको छ भने पन्जाब ७ खेलमा ६ मा हार र १ मा जितसहित पुछारमा छ ।
Views: