d

शुभलक्ष्मीले गर्यो वार्षिक प्रतिवेदन सार्वजनिक, २ करोड १७ लाख लाभांश बाढ्ने तैयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery
Pardaphas Reporter
झापा: कोभिड १९ बाट प्रताडित सहकारीहरुले साघुरो कोठामा बसेर धमाधम वार्षिक प्रतिवेदन सार्वजनिक गर्न थालेका छन् । तामझाम र उत्साहका साथ आयोजना गरिने साधारणसभाहरु यो वर्ष औपचारिकतामा मात्र सिमीत हुन थालेका हुन् । झापाको गौरादहमा सबैभन्दा पुरानो र २८ सय भन्दा बढी शेयर सदस्य रहेको शुभलक्ष्मी सहकारी संस्थाको साधारणसभामा समेत यसको असर राम्रै पर्ने देखिएको छ । अघिल्ला वर्षहरूमा फराकिलो सभाहलमा भिडभाड सहित गरिने साधारणसभा यो वर्ष सञ्चारकर्मी र संस्था पदाधिकारीहरुको उपस्थितिमा वार्षिक प्रतिवेदन सार्वजनिक गरेर शुरु गरिएको जानकारी गराइएको छ ।
साधारणसभा असोज २७ देखि कार्तिक ५ सम्म
उक्त अवसरमा २२ औं साधारण सभा यही असोज २७ गते देखि कार्तिक ५ गते सम्म ९ दिनको तालिका बनाएर पूर्ण स्वास्थ्य सावधानीका साथ गरिने जानकारी गराइएको छ । साधारण सभामा सहभागि हुन आउने शेयर सदस्यहरुलाई परिवहन खर्च ५ सय १० रुपैयाँ र ५ सय १० रुपैयाँ बराबरको सामान खरिद कुपन उपलब्ध गराइने बताइएको छ ।
कस्तो छ प्रतिवेदन ?
आर्थिक बर्ष २०७६।०७७ मा शुभलक्ष्मी सहकारीले २ करोड २९ लाख ४९ हजार २ सय ८६ रुपैयाँ मुनाफा गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त मुनाफा बाट संस्थाले १२ लाख ४७ हजार ५ सय ६२ रुपयाँ कर तिरेर बाँकी रहेको २ करोड १७ लाख १ हजार ७ सय २३ रुपैयाँ शेयर सदस्यहरुमा लाभांस तथा अन्य कोषहरुमा बाँडफाँड गर्ने उल्लेख छ । बाँडफाँड गरिने रकम गत आर्थिक बर्षको भन्दा १८ लाख ६८ हजार ५सय ८७ रुपैयाँ बढी रहेको प्रतिवेदनले देखाएको छ । आर्थिक प्रतिबेदनका अनुसार आर्थिक बर्ष २०७६।०७७ सम्ममा संस्थामा २८ सय ९१ जना शेयर सदस्यहरु रहेका छन् । कुल शेयर पुजी ७ करोड ३७ लाख ५ हजार ९ सय रहेको छ । २०७७ असार मसान्तसम्म संस्थाको कुल कारोवार वासलत ६६ करोड ६४ लाख २४ हजार ४ सय १४ रहेको छ ।
संस्थाले राम्रै फड्को मार्दैछ- अध्यक्ष कार्की
प्रतिवेदन सार्वजनिक गर्दै संस्था अध्यक्ष प्रकाश कार्कीले आफ्नो कार्यकालमा संस्थाले राम्रै फड्को मारेको जिकिर गर्दै गौरिगन्ज लगायतका केही क्षेत्रहरुमा चाडैं सेवा केन्द्र सञ्चालन गरिने जानकारी गराएका थिए । सञ्चारकर्मीले राखेका जिज्ञासाहरुको जवाफ दिदै अध्यक्ष कार्कीले आर्थिक गतिविधि संगै सामाजिक क्षेत्रमा समेत संस्थाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको चर्चा गरे । पत्रकारहरुले राखेको जिज्ञासा माथी सचिब राजु घिमिरे, लेखा समिति संयोजक कुशहरि दाहाल समेतले सहजीकरण गरेका थिए ।
Views: