d

के झापामा बिउँझेकै हो त राप्रपा ? कमलमा एकै साथ ४१ युवा प्रवेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: कुनै बेला झापा जिल्लालाई नेकपाले लाल किल्ला भन्ने गर्दथ्यो । निर्वाचनले जे जस्तो नतिजा देखाएता पनि हिजोआज भने राप्रपामा प्रवेश गर्नेहरु उल्लेख्य रूपमा बढ्न थालेको विश्लेषण गरिन्छ । झापाको क्षेत्र नं. ३ बाट निर्वाचित संघीय सांसद राजेन्द्र लिङ्देनको विजय संगै जिल्लाभरी नै राप्रपाको पक्षमा जनमत शुरु भएको अड्कल राप्रपा सम्बद्ध नेता कार्यकर्ताले गर्न थालेका छन् । राजतन्त्रको अन्त्य पछी नेपाली जनताले राम्रै भरोसा र विश्वास गरेका भएपनी कांग्रेस र नेकपाले जनतालाई धोका दिएकोले तेस्रो शक्तिको रूपमा राप्रपा रोजाइमा परेको राप्रपाका झापा जिल्ला नेता जय गुरुङ बताउछन् । गुरुङ भन्छन्, 'सधैं भरी जनता एउटै शक्तिको पछी हुदैनन्, जबर्जस्ती हटाइएको राजतन्त्र जनतालाई पटक्कै मन परेको छैन , आगामी निर्वाचनले राप्रपालाई नयाँ उचाइ अवस्य दिनेछ।'
एकैसाथ ४१ जना युवाले रोजे राप्रपा
झापाको दक्षिण पश्चिम भेगमा रहेको कमल गाउँपालिका बाट शुक्रबार एकै पटक ४१ जना युवाले राप्रपा प्रवेश गरेको घोषणा गरिएको छ । सांसद राजेन्द्र लिङ्देन लगायत राप्रपाका जिल्ला तथा प्रदेश तहका नेताहरु अम्बर बिष्ट, राम थापा, जय गुरुङ, दिपक खरेल लगायतका नेताहरूले युवाहरूलाइ पार्टी प्रवेशमा स्वागत गरेको जनाइएको छ ।
Views: