d

भक्तपुरमा कोरोना संक्रमितको संख्या चार हजार नाघ्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery
भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या चार हजार नाघेको छ। शुक्रबार २१९ जना थपिएसँगै संक्रमितको संख्या चार हजार नाघेको हो।
शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा भक्तपुरमा २४४ नयाँ संक्रमित थपिएको जानकारी दिइएको भए पनि मन्त्रालयबाट २१९ जनाको मात्र विवरण प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। यससँगै भक्तपुरमा कोरोना संक्रमितको संख्या चार हजार १५१ पुगेको छ। भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या चार हजार नाघेको छ। शुक्रबार २१९ जना थपिएसँगै संक्रमितको संख्या चार हजार नाघेको हो।
शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा भक्तपुरमा २४४ नयाँ संक्रमित थपिएको जानकारी दिइएको भए पनि मन्त्रालयबाट २१९ जनाको मात्र विवरण प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। यससँगै भक्तपुरमा कोरोना संक्रमितको संख्या चार हजार १५१ पुगेको छ।
भक्तपुरमा हालसम्म दुई हजार १३७ जना कोरोना संक्रमण मुक्त भएका छन्। यो कुल संक्रमितको ५१ दशमलब ४८ प्रतिशत हो। यस्तै ३३ पुरुष र १३ महिला गरी ४६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यो कुल संक्रमितको १ दशमलब १० प्रतिशत हो।
हाल भक्तपुरमा ८१२ महिला र १ हजार १०६ पुरुष गरी १ हजार ९१८ सक्रिय संक्रमित छन्। तीमध्ये १९२ महिला र ३४१ पुरुष गरी कुल ५३३ जना अस्पतालको आइसोलेसनमा छन्। त्यस्तै, ६२० महिला र ७६५ पुरुष गरी १ हजार ३८५ जना होम आइसोलेसनमा छन्।
भक्तपुरमा हालसम्म २९३ जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भइसकेको छ। तीमध्ये महिला धेरै छन्। स्वास्थ्य कार्यालयका अनुसार संक्रमित स्वास्थ्यकर्मीहरुमध्ये २२० महिला छन्। त्यस्तै, ३२ महिलासहित २८३ जना सुरक्षाकर्मी संक्रमित भएका छन्।