d

सबैभन्दा बढी कोरोना संक्रमितको शव विद्युतीय शवदाह गृहबाट अन्त्येष्टि

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका ८ सय ८९ शवको व्यवस्थापन नेपाली सेनाले गरिसकेको छ। विभिन्न धर्म मान्नेहरूको शव आफ्नै रीतिरिवाज अनुसार शव व्यवस्थापन गरेको नेपाली सेनाले गरेको सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ। विद्युतीय शवदाह गृहमा ४ सय ४५ संक्रमितको शव व्यवस्थापन गरिएको छ। ३ सय ७३ को कब्रिस्तानमा गाडिएको र ७१ जनाको चितामा जलाइएको छ। कुल ८ सय ८९ मृत्युमध्ये सबैभन्दा बढी हिन्दु धर्मावलम्बी संक्रमित ८ सय १७ संक्रमितको मृत्यु भएको छ। मुस्लिमका ३७, बौद्धका ३२ र क्रिश्चियन धर्मावलम्बीका ३ जना छन्। मृत्यु भएपछि मानिसहरुको आ-आफ्नो परम्पराअनुसार अन्त्येष्टि गर्ने गरिएको छ। ३ सय १६ संक्रमितलाई जमिन र कब्रिस्तानमा गाडिएको छ। हिन्दु धर्मावलम्बीको ३ सय १६ लाई जमिनमा गाडिएको छ, ४ सय ३० लाई विद्युतीय शवदाह गृहमा जलाइएको र ३१ शवलाई चितामा जलाएको छ। मुस्लिम समुदायका ३७ संक्रमित शवलाई कब्रिस्तानमा गाडिएको छ। बौद्ध धर्मका १५ शवलाई विद्युतीय शवदाह गृहमा र १७ जनालाई कब्रिस्तानमा गाडिएको छ। क्रिश्चियनका ३ शवलाई क्रबिस्तानमा गाडिएको छ। सबैभन्दा धेरै उपत्यका पृतनाले हालसम्म ४ सय ४४ वटा शव व्यवस्थापन गरेको छ। मध्य पृतनाले १३९, पूर्वी पृतनाले ९८, मध्यपश्चिम पृतनाले ८५, मध्य पूर्वी,उत्तर पश्चिम पृतनाले ४१, पश्चिम पृतनाले १७ र सुदूरपश्चिम पृतनाले ११ शव व्यवस्थापन गरेको छ। आजको मितिसम्म सरकारले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको जनाएको छ।
Views: