d

ला लिगा : साविक विजेता रियल म्याड्रिड र बार्सिलोना दुवै पराजित

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडाैं : ला लिगाअन्तर्गत शनिबार राति र आइतबार बिहान भएको आआफ्नो खेलामा साविक विजेता रियल म्याड्रिड र बार्सिलाेना पराजित भएका छन्। शनिबार राति भएको खेलमा रियल म्याड्रिड कार्डिचसँग ०-१ गोल अन्तरले पराजित भएको छ भने बार्सिलोना पनि गेटाफेसँग समान गोलअन्तरले पराजित भएको हो। पहिलो हाफको १६ औं मिनेटमै गोल खाएको रियलले गोल फर्काउन सकेन। कार्डिचका एन्थोनी लोजानोले गरेको एक मात्र गोल निर्णायक बन्यो। ७५ प्रतिशत बल नियन्त्रणमा लिएर गोल गर्ने अवसर बनाए पनि पटक पटक फिनिसङमा चुक्दा हार बेहोर्न बाध्य भयो। त्यस्तै अर्को बलियो क्लब बार्सिलोनाले पहिलो हाफ बराबरी खेले पनि ५६ औं मिनेटमा पेनाल्टी बेहोर्दा हार खेप्न बाध्य भयो। उसका मिड फिल्डर फ्रान्क डिजोङले पेनाल्टी बक्समा गेटाफेका खेलाडीलाई पछि रेफ्रीले पेनाल्टी दिएका थिए। हारसँगै पाँच खेल खेलेको रियल म्याड्रिड तालिकाको शीर्ष स्थानमै यथावत् छ भने चाैथाे खेलपछि बार्सिलोना ९ औं स्थानमा झरेको छ। जितसँगै गेटाफे र कार्डिच क्रमश: दोस्रो र तेस्रो स्थानमा उक्लिएका छन्। त्यस्तै शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको म्याड्रिडले सेल्टा भिगोलाई २-० गोल अन्तरले हराएको छ। उसका लागि लुइस स्वारेजले छैंटाैं मिनेटमा तथा यानिक कारास्कोले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेका थिए। जितसँगै एट्लेटिको तालिकाको छैंटाैं स्थानमा छ। thahakhabar.com
Views: