d

अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सुधारोन्मख

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं– कोरोना भाइरस संक्रमणबाट उपचार गराइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सुधारोन्मख रहेको छ।

गत बुधबार स्वास्थ्य समस्या देखिएका उनलाई पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। काठमाडौंको ओम अस्पतालको आईसीयूमा उपचार गराइरहेका थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘अध्यक्ष थापाको ज्वरो नियन्त्रणमा आएको छ भने श्वासप्रश्वासमा समस्या देखिएको छैन। उहाँको अवस्था सुधारोन्मुख छ।
Views: