d

सुनसरीमा ७९ वर्षीय संक्रमित पुरुषको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : धरानमा थप एक कोभिड-१९ का संक्रमित पुरुषको मृत्यु भएको छ। सुनसरी, इटहरी उपमहानगरपालिका १ का ७९ वर्षीय पुरुषको आज बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो।
मृतकलाई २६ गते कोरोना पुष्टि भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह- प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।
उनका अनुसार मृतक प्रतिष्ठानमा उपचारत थिए। कोरोना संक्रमण पुष्टि भएपछि २७ गते कोभिड अस्पतालमा भर्ना भएका थिए। उनी मुटु रोगी र मधुमेह जस्ता दीर्घ रोगी भएकाे श्रेष्ठको भनाइ छ। प्रतिष्ठानमा कोभिड पुष्टि भइ मृत्यु हुनेको संख्या ६२ पुगेको छ।
Views: