d

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघेकोछ। पछिल्लो २४ घन्टामा ३ लाख २४ हजार ४ सय संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४ करोड २ लाख ६३ हजार पुगेको हो।  हिजो भारतमा सबैभन्दा धेरै ५५ हजार संक्रमित थपिएका छन्। त्यस्तै अमेरिकामा ४४ हजार ९ सय, फ्रान्समा २९ हजार, ब्राजिलमा १० हजार ९ सय  र रुसमा १५ हजार मानिसमा कोरोना पुष्टि भएको छ। यस्तै विश्वभर हालसम्म ३ करोड भन्दा बढी मानिस संक्रमणमुक्त हुँदा  ११ लाख १८ हजार मानिसले ज्यान गुमाएका छन्। 

पछिल्लो २४ घन्टामा झन्डै चार हजार मानिसको मृत्यु भएको छ। भारतमा ५५६, अमेरिकामा ४४८ , मेक्सिकोमा ३५५, ब्राजिलमा २१५, रुसमा १८५ र अर्जेन्टिनामा १६० जनाको मृत्यु भएको छ। 

Views: