d

पाकिस्तानमा नवाज सरिफका ज्वाईँ होटलबाटै पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 इस्लामाबाद : पाकिस्तानी नेता नवाज सरिफका ज्वाईँ अर्थात पाकिस्तान मुस्लिम लिगकी नेत्री मरियम नवाज सरिफका पति सफदर अवान पक्राउ परेका छन् 

 मरियमले प्रधानमन्त्री इमरान खानविरुद्ध कडा अभिव्यक्ति दिएपछि उनका पति सफदरलाई कराँचीस्थित उनी बसिरहेको होटलबाट प्रहरीले पक्राउ गरेको हो । सांसद समेत रहेकी मरियमले इमरानविरुद्ध कडा अभिव्यक्ति दिएको केही घण्टामै अवान पक्राउ परेका परेका हुन् ।

यतिबेला पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्ध विशाल प्रदर्शन समेत भएको छ । 'प्रहरी कराँचीमा म बसेको होटलको ढोका फुटालेर भित्र छिर्‍यो । र पक्राउ गरेको छ,' मरियमले सोमबार बिहानै ट्वीटरमा पतिको पक्राउबारे लेखेकी छन् ।

तर प्रहरीले पक्राउ गर्नुअघि कुनै औपचारिक कागजात नदिएको पनि बताइएको छ । मरियमका पति सफदर पाकिस्तानी सेनाका पूर्व कर्णेल समेत हुन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ १० वर्षको जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ यतिबेला उपचारका लागि भन्दै बेलायत पुगेका छन् । अदालतबाट ८ हप्ताको बिदा लिइ लण्डन पुगेका उनी महिनौँ बितिसक्दा समेत थप उपचारको कारण देखाउँदै लण्डनमै छन्

यता प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले भने उनलाई फरार अपराधीको रुपमा घोषणा गरेको छ । अदालतले स्वदेश फिर्ता हुन बारम्बार आदेश दिँदा पनि नवाजले अस्वीकार गरेपछि उनलाई फिर्ता ल्याउनुपर्ने दबाब सरकारमाथि परेको छ ।

 

 

Views: