d

भत्ता बाँडेर सरकारले सांसदको बद्नाम गरेको कांग्रेसको आरोप

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : दसैं भत्ता बाँडेर सरकारले सांसदको बद्नाम गरेको आरोप कांग्रेस नेताहरूले लगाएका छन्। दसैंको मुखमा सांसदहरुले भत्ता खाएको समाचार बाहिरिएपछि सांसदहरुको आलोचना भइरहेका परिपेक्षमा कांग्रेस नेता सरकारविरुद्ध खनिएका छन्। 

केही कंग्रेस नेताले त सार्वजनिक रुपमै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कडा टिप्पणी गरेका छन्। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यस विषयको विरोधमा प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन्। प्रकाशमान सिंह प्रतिनिधि सभाका सदस्य हुन्। सोमबार जारी प्रेस विज्ञप्ति नेता सिंहले सांसदहरुको खातामा दसैंभत्ता पठाएर सरकारले सांसदलाई जनताको नजरमा गिराउन दुषप्रयास राखेको बताएका छन्। 

महमारीमा पीसीआर परीक्षण तथा उपचारमा ध्यान नदिने सरकारले सांसदलाई भत्ता वितरण गरेर बदनाम गर्न खोजेको सांसद सिंहको भनाइ छ। सरकारले जनताको स्वास्थ्य बचाउने आफ्नो जिम्मेबारी बिर्सेर भ्रष्टाचार, कमिसन र बेथितिमा संलग्न भएको सिंहले आरोप लगाएका छन्।

सिंहले विज्ञप्तिमा सरकारको यस कार्यको निन्दा गरेका छन्। नेता सिंहले आफ्नो दसैं भत्ता फिर्ता गर्ने घोषणा गर्दै सबै सांसदलाई दसैं भत्ता नलिन पनि आग्रह गरेका छन्।

कांग्रेस नेता धनराज गुरुङले ट्वीट गर्दै कोरोना संक्रमितले परीक्षण र उपचार खर्च आफैँले ब्यहोर्नु पर्ने सरकारको पछिल्लो निर्णय आपत्तिजनक भएको बताएका छन्। वर्तमान सरकार जनताप्रतिको आफ्नो जिम्मेबारीबाट पन्छिएर विकराल नालायकिपन प्रदर्शन गरिरहेको गुरुङले आरोप लगाए। उनले केपी ओली सरकारलाई इतिहासकै असफल सरकार संज्ञा दिए। 

Views: