d

सरकार कोरोना संक्रमितको परीक्षण र उपचारबाट पन्छिन मिल्दैन : नेकपा नेता नारायणकाजी श्रेस्ठ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार कोरोना संक्रमितको परीक्षण र उपचारबाट पन्छिन नमिल्ने बताएका छन् ।

सरकारले आइतबार आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिनेहरुमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने र उनीहरुले कोरोना बिमा गरेको त्यसबाट कट्टा गर्ने बताएको थियो, जसको चौतफी आलोचाना भएको छ ।

नेकपा श्रेष्ठले पनि सरकारको पछिल्लो निर्णय पुनरावलोक गनर्ुुपर्ने बताएका छन् । सरकारको निर्णयप्रति संकेत गर्दैै उनले फेसबुकमा लेखेको छन्, कोरोन नियन्त्रण तथा ब्यवस्थापनको जिम्मेवारी हामी सबैको हो र, मुलतः सरकारको हो ।’

कोही पनि आफ्नो जिम्मेवारीबाट पन्छिन नमल्ने भन्दै उनले भनेका छन्, ‘सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिदै अहिलेसम्मका नीति ,योजना र निर्णयहरुलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नु पर्ने आवश्यकता छ ।’ यसरकारले यथाशीघ्र प्रतिपक्षी लगायतका राजनीतिक पार्टी र विज्ञहसँग परामर्श गर्नुपर्ने समेत उनले बताएका छन् ।

Views: