d

फेसबुकमा 'बलात्कारी संगठन' नामक पेज तथा ग्रुप बनाउने व्यक्ति पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ – सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसिएशन (बलात्कारी सङ्गठन) नामक पेज तथा ग्रुप बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरीको साइबर ब्युरोले पाल्पाको माथागढी गाउँपालिका १ का अभिषेक नेपाललाई सोमबार उनकै घरबाट पक्राउ गरेको हो । 

पेज तथा ग्रुपमा आपत्तिजनक सामग्री पोस्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका काम भइरहेको भन्दै निवेदन नै पर्न थालेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

यसअघि प्रहरीले यही फेसबुक पेज बनाउने तथा चलाउने प्युठानको झिम्रुक गाउँपालिका ७ घर भइ नवलपुरको कावासोती नगरपालिका बस्ने नवीन बस्नेतलाई पक्राउ गरेको थियो ।

Views: