d

आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स पराजित, रोयल च्यालेन्जर्स बैंगलर अंक तालिकाको दोस्रो स्थान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलार अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।

३९ औं खेलमा कोलकाताले बैंगलोरलाई दिएको ८५ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले १३ दशमलब ३ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

बैंगलोरको जितका लागि देवदत्त पाडिकलले २५ रन जोडे। त्यस्तै आरोन फिन्चले १६ रन जोड्दा कप्तान विराट कोहली १८ रन र गुर्कीरत सिंह २१ रनमा अविजित रहे। कोलकाताका लागि फेर्गुन्सनले एक विकेट लिएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कोलकाताले खराब सुरुवात गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन जोडेको थियो।

कोलकाताका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ३० रनको योगदान दिए। त्यस्तै फेर्गुन्सनले १९ रनमा अविजित रहँदा कुलदीप यादवले १२ रनको योगदान दिएका थिए। टोम ब्यानटोनले १० रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

कोलकातालाई सस्तैमा समेट्न बैंगलोरका लागि मोहम्मद सिराजले सर्वाधिक तीन विकेट लिए। त्यस्तै युजभेन्द्र चाहलले दुई तथा नवदीप सैनी र वासिङटन सुन्दरले एक एक विकेट लिए।

यस जितसँगै बैंगलोरले जारी आईपीएलका दस खेल खेल्दा सात खेल जितेको छ। मात्र तीन खेल गुमाएको बैंगलोरले १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान अंक भएपनि दिल्ली रन रेटका आधारमा शीर्ष स्थानमा छ। कोलकाताको भने दस खेलमा यो पाँचौ हार हो। १० अंक जोडेको कोलकाता चौथो स्थानमा छ।

Views: