d

भोलि (शुक्रबार) देखि ५ दिन सम्म स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को प्रेस बिफ्रिङ नगर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाण्डाै – भोलि (शुक्रबार) देखि पाँच दिन कोभिड–१९ को प्रेस बिफ्रिङ नहुने भएको छ ।

गएको चैतको दोस्रो हप्तादेखि स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङ दशैँ बिदा परेकाले भोलि ७ गतेदेखि ११ गतेसम्म प्रेस ब्रिफिङ रोकिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 
कात्तिक १२ गतेदेखि थप परिष्कृत गरी मिडिया ब्रिफिङलाई निरन्तरता दिने उहाँको भनाइ छ । दशैँको बिदाका समयमा दिउँसो चार बजे नै मन्त्रालयको वेबसाइट र सामाजिक सञ्जालमा कोरोना अपडेट गराइने छ ।  
Views: