d

चीनसँग सीमा विवादका बीच भारतले गर्यो मिसाइल सफल परीक्षण

Views:
Responsive Image Gallery
Responsive Image Gallery
नयाँदिल्ली : चीनसँग सीमा विवादका बीच भारतले ‘नाग एन्टी–ट्यांक गाइडेड' नामको मिसाइल सफल परीक्षण गरेको छ ।

बिहीबार बिहान राजस्थानको पोखरण फिल्ड फायरिङ रेन्जमा मिसाइलको अन्तिम चरणको सफलतापूर्वक परीक्षण जनाएको छ । भारतको रक्षा अनुसन्धान एवं विकास संगठनले उक्त मिसाइल तयार पारेको बताइएको छ । चीनसँग लद्दाखस्थित सिमानामा केही महिनादेखि नै तनाब कायम रहँदा भारतको यस्तो कदमलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भारतले यसअघि पनि २०२० मा नै सौर्य नामको अर्को मिसाइल परीक्षण गरेको थियो । नरेन्द्र मोदीले आफू प्रधानमन्त्री बनेदेखि नै भारतलाई सुरक्षा क्षेत्रमा आत्मनिर्भर बनाउन पहल गर्दैआएका छन् । साथै अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध स्थापित गर्नु र आर्थिक उन्नती गर्नु उनको मुख्य प्रयत्न भएको सरकार समर्थक विज्ञहरुले भन्ने गरेका छन् ।
Views: