d

झापाको गौरादह बाट २ सय जना एकैसाथ राप्रपा प्रवेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: झापाको गौरादह नगरपालिका वडा नं. ७ बाट  विभिन्न दल परित्याग गरि २ सय जना राप्रपामा प्रवेश गरेका छन् ।   स्थानीय ग्वालडुब्बा चोकमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा नव प्रवेशीहरुलाई स्वागत गरिएको हो । सो अवसरमा महामन्त्री  तथा संघीय सांसद राजेन्द्र लिङ्देनले प्रमुख अतिथिको रूपमा विचार व्यक्त गर्दै नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान जनाएका थिए । राष्ट्रव्यापी रूपमा राप्रपा प्रवेशको लहर चलेको बताए । कांग्रेस र कम्युनिस्ट बाट नेपाली जनता आजित भएको भन्दै उनले दुई दल बिच भएको एकीकरण बाट  राप्रपामा जनविश्वास बढ्न  थालेको जिकिर गरे ।  
कार्यक्रममा  केन्द्रिय सम्पादन समितिका सदस्य लक्ष्मी सङग्रौला,  झापा जिल्ला अध्यक्ष अम्बर बहादुर बिस्ट लगायतले  शुभकामना मन्तव्य राखेका थिए । 
Views: