d

इङ्ग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी  अङ्क बाँडे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।


शनिबार राति भएको खेलमा युनाइटेड र चेल्सीले गोलरहित बराबरी खेले । ओल्ड ट्राफोर्डमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा एक/एक अङ्क बाँड्नु परेको हो ।

बराबरीसँगै युनाइटेडले ५ खेलमा ७ अङ्क जोडेको छ । युनाइटेड तालिकाको ११ औँ स्थानमा रहेको छ ।

त्यस्तै चेल्सीले ६ खेलमा ९ अङ्क जोडेको छ । चेल्सी तालिकाको छैटौँ स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा क्रिस्टल प्यालेसले फुलहमलाई २–१ गाेल अन्तरले पराजित गरेको छ । त्यस्तै लिड्स युनाइटेडले एस्टन भिलालाई तीन–शून्यले हराएकाे छ । वेस्ट ह्याम र म्यानचेस्टर सिटीले एक–एक गाेलकाे बराबरी खेलेका छन्  ।

Views: