d

इण्डियन प्रिमियर लिग: मुम्बईको   बैंगलोर माथि  ५ विकेटको जित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं :  इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ।   बैंगलोरले दिएको १६५ रनको लक्ष्य पछाएको मुम्बईले १९.१ ओभरमा लक्ष्य पुरा गरेको थियो।
मुम्बईका लागि सुर्यकुमार यादवले अविजित ७९ रन बनाएका थिए। उनले ४३ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गरेर ७९ रन बनाए।​ त्यस्तौ इशान किशनले २५, क्वेंटन डिककले १८, हार्दिक पाण्डेयले १७, क्रुनाल पाण्डेयले १० रनको योगदान दिए। त्यस्तै सौरभ तिवारीले ५ र कप्तान केरन पोलार्डले अविजित ४ रन बनाए।
बैंगलोरका बलर मोहमद सिराज र युजवेन्द्र चहलले २(२ विकेट लिए भने क्रिस मोरिसले एक विकेट लिए।   यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको थियो।​ बैंगलोरका लागि देवदत्त पाडिकलले सर्बाधिक ७४ रन बनाए। उनले ४५ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै ७४ रन बनाएर आउट भएका थिए।
त्यस्तै जोश फिलिपले ३३ रन बनाए भने एबी डिभिलीयर्सले १५, कप्तान विराट कोहलीले ८ रन बनाए। मुम्बईका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट, केरन पोलार्ड र राहुल चहरले एक एक विकेट लिए।​ योजितपछि मुम्बई इण्डियन्सको प्लेअफमा पुग्ने निश्चित भएको छ। मुम्बईको १२ खेलमा ८ जितसहित १६ अंक भएको छ भने अंक तालिकामा शिर्ष स्थानमा रहेको छ।
त्यस्तै हारपछि पनि बैंगलोर १२ खेलमा १४ अंकसहित दोस्रो स्थानमा नै रहेको छ। थाहा खबरमा खबर छ।  
Views: